काठमान्डौ असार २५ गते संविधानसभाको विघटनमा प्रमुख दलका शीर्ष नेताहरु मुख्य दोषी भएकोभन्दै मातृका यादव संयोजक रहेको नेकपा, माओवादीले विरोधमा आज नेपाली काङ्ग्रेस सभापति सुशील काइरालाको निवास घेराउ गर्ने भएको छ । चार वर्षमा पनि संविधान जारी गर्न नसकेकोभन्दै नेकपा, माओवादीले हिजोदेखि प्रमुख दलका शीर्ष नेताहरुको निवास घेराउ अभियान सुरु गरेको थियो ।
हिजो नेकपा एमाले अध्यक्ष झलनाथ खनालको डल्लुस्थित निवास एक घण्टा घेराउ गरेका नेकपा, माओवादीका कार्यकर्ताहरुले आज बिहान ११ देखि १२ बजेसम्म महाराजगन्जमा रहेको कोइराला निवास घेराउ गर्ने नेकपा, माओवादी बागमती ब्यूरो सेक्रेटरी सुजनले जानकारी दिनुभयो । वितेको २ वर्षमा सभासदहरुले लिएको भत्ता फिर्ता, संयुक्त क्रान्तिकारी सरकार गठन, दिगो शान्ति स्थापना, महङ्गी तथा कालोबजारी नियन्त्रण लगायतका माग राखेर नेकपा, माओवादीले नेताहरुको घर घेराउ र भण्डाफोर कार्यक्रम सुरु भएको जनाएको छ ।