Responsive Ad Slot

latest

ताप्लेजुङमा भुस्याहा कुकुरको आतङ्क, स्थानियबासिन्दादेखि प्रहरी पनि आतङ्कित ।।

Friday, July 13

/ by Unknown
  रविन भट्टराई ताप्लेजुङ असार २९  गते ।ताप्लेजुङमा अत्याधिक मात्रामा भुस्याहा कुकुरको संख्या बढेपछि स्थानियबासिन्दामात्र नभई ससस्त्र प्रहरीसमेत आतङ्कित बनेका छन् । केही महिना यता सदरमुकाम फुङ्लिङ र आस पासका गाविसमा बेवारीसे कुकुरको संख्या बढेको र जथाभावि स्थानिय बासीन्दालाई टोक्न थालेको छ भने ससस्त्र प्रहरी क्याम्पमासमेत दर्जनौको संख्यामा कुकुर पसेर प्रहरीलाई नै आक्रमण गर्ने गरेको ससस्त्र प्रहरी नायव उपरीक्षक तलसीराम दाहाल बताउनुहुन्छ । प्रहरीको खाना पकाउने क्षेत्रमा अत्याधिक मात्रामा भुस्याहा कुकुर आउने गरेको र धपाउँदासमेत नजाने भएकाले ससस्त्र प्रहरी क्याम भुस्याहा कुकुरको क्याम बन्न लागेको दाहालको गुनासो गर्नुभयो । उता बेवारीसे कुकुरको टोकाईबाट दैनिक एक देखि तीन जनाको संख्यामा जिल्ला अस्पतालमा विरामिहरु आउने गरेको जिल्ला अस्पताल ताप्लेजुङका डाक्टर सुर्यबहादुर गुरुङको भनाई छ । कुकुरको टोकाईबाट अस्पतालमा विरामीको संख्या बढेको छ, रेविजको सुई पनि सिमित मात्रामा आउने गरेको कारण समस्या भएको अस्पतालले जनाएको छ । यसैबीच जिल्ला पशुसेवा कार्यालयले भने जिल्लामा भुस्याहा कुकुर नियन्त्रण गर्न सजिलो नभएको प्रतिकृया दिएको छ । कार्यालय प्रमुख डाक्टर हरीनारायण यादबका अनुसार भुस्याहा कुकुर नियन्त्रण गर्न पशु अधिकारका कारण कुकुर मार्न पनि नपाईने र कुकुरका धनि पनि नभएकोले सबैलाई रेविजको सुई पनि लगाउन नसकिएको हो ।

 
Don't Miss
© all rights reserved
made with by netKUTI