कपिल ज्ञवाली बुटवल असार २७ प्रजनन स्वास्थ्य सेवामा विश्वव्यापी पहु“च’ भन्ने नाराका साथ आज विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइ“दै छ । विश्वको जनसंख्या ५ अर्व पुगेको अवसरमा संयुक्त राष्ट्रसंघले सन १९८९ देखि हरेक वर्È जुलाई ११ तारिखमा यो दिवस मनाउने निणर््ँय गरेको हो । पा“चौ सहश्राब्दी विकास लक्ष्यअन्तर्गत मातृस्वास्थ्य सुधारमा भएकोे प्राप्तिलाई समर्थन गर्ने उद्धेश्यका साथ राष्ट्रसंघले विभिन्न कायक्रम समाबेश गर्ने जनाएको छ । राष्ट«िय जनगणना २०६८ को प्रारम्भिक नतिजाले नेपालको जनसंख्या २ करोड ६६ लाख २० हजार ८ सय ९ रहेको देखाएको छ भने जनसंख्या वद्धदर १ दशमलव ४ प्रतिशत देखाएको छ । नेपालको हालकोे जनसंख्या १० वर्Èअघिको तुलनामा १४ दशमलव ९ ९ प्रतिशतले बढी हो । नेपालमा जनसंख्या ब्यवस्थापनको मुख्य चुनौति उच्च जन्म र मृत्यु दरलाई मान्ने गरिए पनि असन्तुलित विकास र बढ्दो बसाइ“सराइले अझ चुनौति थपिएको विश्लेÈकहरु बताउ“छन् ।