Responsive Ad Slot

latest

शडक ब्यापारिद्वारा ३ दिनदेखि नगरपालिकामा धर्ना

Tuesday, July 10

/ by Admin BHOLA THAPA
कपिल ज्ञवाली बुटवल असार २६बिगत ३ दिनदेखि लगातार आन्दोलन गर्दै आईरहेका बुटवलका शडक ब्यापारिले आज पनि दिनभर बुटवल नगरपालिकामा धर्ना दिएका छन् । बिहान बुटवलको नयाबसपार्कबाट निस्किएको शडक ब्यापारिहरुको बिरोध ¥याली दिनभर नगरपालिकाको गेटमा धर्नामा परणत भएको थियो । बिरोध सभामा बोल्दै नेपाल स्वरोजगार ब्यापार श्रमिक संघका केन्द्रिय सदस्य तथा संघर्ष समितिका संयोजक चन्द्रकान्त पन्थीले उचित बिकल्प नदिएसम्म र शडक ब्यापारिलाई निर्धक्क ब्यापार गर्ने बाताबरण नबने सम्म आन्दोलन नरोक्ने बताउनुभयो । उहाले नगरपालिकाले आफूहरुको माग आज नै सम्बोधन गर्ने बिश्वास ब्यक्त गर्दै त्यसो नभएमा भोलिदेखि अर्काे चरणको कडा संघर्षमा उत्रिने बताउनुभयो । शडक ब्यापारिले नगरपालिकालाई सहमतिका लागि आज अन्तिम अबसर दिएका छन् ।
       बुटवलमा ८ सय ८६ शडक ब्यापारि छन् । सडक व्यापारीहरुको धर्नाका  कारण बुटवल नगरपालिकामा कामकाज पूर्ण रुपमा प्रभाबित बनेको छ । दिनभर नगरपालिकाको गेटमा बसेका आन्दोलनकारिका कारण नगरपालिकामा बिभिन्न कामका लागि जाने सेवाग्राहीलाई उनिहरुले गेट बाटनै र्फिता पठाएका थिए । सडक व्यवसायीहरुले आफूहरुले नगरपालिका समक्ष ३ वटा बिकल्प दिएका छन् । उनिहरुले बुटवल १२ को रामनगर बुटवल मण्डप अगाडि,शडक डिभिजन भित्रको खाली जग्गा त्यस्तै गरि नयाबसपार्क भित्रको हाल फोहोर संकलन गरिरहेको स्थानमा ब्यबसाय गर्न सक्ने गरि बिकल्प प्रस्तुत गरेको शडक ब्यापारी मेख बहादुर गुरुङले बताउनुभयो ।यसअघि बुटवल नगरपालिकासंग ब्यापारिहरुका बिचमा बार्ता भएपनि त्यो निश्फल बनेको थियो ।







Don't Miss
© all rights reserved
made with by netKUTI