Responsive Ad Slot

latest

नमुना लेटाङ्गको बैठक सम्पन्न

Sunday, July 8

/ by Admin BHOLA THAPA

दोहा, कतार(तनहुँखबर सम्बादात )
कतारमा कार्यरत मोरङ्ग लेटाङ्गवासीहरुले स्थापना गरेको “नमुना लेटाङ्ग” नामक संस्थाको नियमित बैठक ६ मे २०१२ दोहा स्थित् जैद्धापार्कमा सम्पन्न भयो । सस्थाको अध्यक्ष प्रसाद लामाको सभापतित्वमा संचालित बैठकले संस्थाको आगामी कार्यतालिकाको सम्बन्धमा बिस्तृत छलफल गर्यो । बिद्यान निर्माण र दर्ता प्रक्रियामा अघि बढि रहेको यस संस्थाका प्रमुख सल्लाहकार तीर्थ संगम राईले बैठकमा अवगत गराए । आगामी ३ अगष्ट २०१२ मा संस्थाको बिशेष भेला गरि उक्त भेलामा बिद्यान प्रस्तुत् र अधिवेशनको बारे बृहत छलफल गरीने छ । उक्त बैठकमा लेटाङ्ग कसरी बिकशित र समृद्ध बनाउने भन्ने बारेमा पनि बहसको बिषय बनाईएको थियो ।

कतारमा १००० हजारको हाराहारीमा लेटाङ्गवासीहरु रहेको अनुमान गर्न सकिन्छ । ती सबैलाई संस्थामा आवद्ध गराई लेटाङ्गको बिकास, शिक्षा र समाज सेवामा हरेकको योगदान महत्वपुर्ण रहने छ भन्ने ज्ञान दिनु सस्थाको पहिलो काम हुने छ । प्रवासमा रहेका हरेक भुभागका लेटाङ्गवासीहरु यसरी नै एकजुट हुने हो भने गाउको बिकास सम्भव छ भनेर नमुनाको रुपमा प्रस्तुत् हुन सकिने नमुना लेटाङ्गको सोच र सपना रहेको छ  । आगामी बिशेष भेला दोहा स्थित् जैद्धापार्कमा दिनको २ बजेबाट सुरु हुने निर्णय गरियो । यस भेलाको सुचना कतारबाट प्रकाशित हुने प्रवास कान्तिपुर साप्ताहिक, अन्तर्राष्ट्रिय राजधानी साप्ताहिक लगायत बिभिन्न अनलाईन पत्रिकाहरुमा दिईने निर्णय सर्वसम्मतबाट पारित गरियो । उक्त बैठकमा— प्रसाद लामा, रुद्र राई, अवतार राई, ओम प्रकाश सापकोटा, अमृत प्रसाद आचार्य, उदय श्रेष्ठ, किशोर खड्का, बशन्त किराती, सविन श्रेष्ठ, धिरेन्द्र ढकाल र तीर्थ राईको सहभागिता रहेको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI