कपिल ज्ञवाली
बुटवल, असार १९
पुर्व राजा ज्ञानेन्द्र शाहले मुलुक अहिले आफूले नारायणहिटी छोड्दा भन्दा भयावह अवस्थामा पुगेको बताउनुभएको छ ।राजनीतिक दलका नेताहरु विदेशीको इशारामा चल्दा मुलुक अप्ठेरो र भयावह अवस्थामा पुगेको आफूले पाएको उहाँले बताउनुभयो ।पाँचदिने जिल्ला भ्रमणका क्रममा आइतबार रुपन्देही आएका पुर्वराजा शाहले रुपन्देही र कपिलवस्तुको भ्रमण सकी मंगलबार साँझ होटल निर्वाणामा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो । “नेताहरु स्वचालित नभै परिचालित भएजस्तो लाग्छ”(उहाँले भन्नुभयो ।मुलुकलाई अप्ठेरो स्थितिबाट पार लगाउन जनताले राजसंस्थाको भूमिका खोजेको आफूले पाएको पनि शाहले बताउनुभयो । “अहिलेको अवस्था देख्दा जनताले केही भूमिका हाम्रो पनि खोजेका छन्, धैर्य गर्नुस्, केही समयमै हाम्रो भूमिकाबारे जनताले नै भन्नेछन्”(उहाँले भन्नुभयो ।
पत्रकारमाझ खुलेर कुराकानी गर्नुभएका पुर्वराजा शाहले मुलुकमा राष्ट्रिय एकता खलबलिएकाले एकताको कडीलाई जोगाई राख्न नयाँ शक्तिको उदय आवश्यक रहेको भन्दै घुमाउरो शैलीमा राजसंस्थाको आवश्यकता औंल्याउनुभयो । “नयाँ शक्तिको उदय भनेको परम्परागत राजसंस्था पनि हुन सक्छ, अरु केही पनि हुन सक्छ”(उहाँले भन्नुभयो ।
राष्ट्रिय एकतालाई जोगाउने हो भने नयाँ शक्तिको उदयलाई सबै मिलेर बल पु¥याउनुपर्ने पुर्वराजा शाहले बताउनुभयो । तपाई राजनीतिमा जान चाहनुुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा पुर्वराजा शाहले आफू असल राजनीतिक नबन्ने बरु राजाकै रुपमा ठीक रहेको बताउनुभयो ।
पाँचवर्षमा पनि दलहरुले संविधानको खाका जनतासामु दिन नसक्नु बिडम्बना भएको भन्दै उहाँले अहिलेको परिवर्तनले जातजातीबीच द्वन्द्व निम्त्याउने जस्ता नमिठा कुराहरु ल्याएको भन्दै चिन्ता प्रकट गर्नुभयो । “नेपाली नेपाली पुट्यौ भने र नेपाली नेपालीलाई फुटाउने खेल भयो भने यसले सिंगो मुलुकको राष्ट्रिय संरचनाको रक्षा गर्दैन”(उहाँले भन्नुभयो ।
राजसंस्थाका सन्दर्भमा जनमत संग्रहबारे पत्रकारले सोधेको जिज्ञासामा पुर्वराजा शाहले जनमत संग्रह प्रजातान्त्रिक अभ्यास भएपनि त्यसमा पक्ष विपक्ष हुने भएकाले त्यति उपयुक्त नहुने बताउनुभयो ।