डुम्रे १९ असार :- तनहुँको आबुखैरेनीबाट
डुम्रे तर्फ आउँदै गरेको बा३४प ५१७७ नम्बरको मोटर साइकल तथा पोखरा बाट
नारायणगढ तर्फा जादै गरेको ग१ख २१३९ नम्बरको यात्रु बाहाक बस हिजो
बन्दिपुर-८ यम्पाफाँटमा एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार पालुङ्टार-३ गोरखाका ५२ बर्शिय कमल ढकाल रहेको डुम्रे प्रहरी चौकिका प्रहरी निरिक्षक देबी पौडेलले जानकारी दिनुभयो । मोटरसाइकलमा सवार ढकालको घटना स्थलमा नै र चालक गोरखा-८ गाईखुरटारका २६ बर्शिय सुवाणजङ साही घाइते भएको र उपचारका लागि काठमाडौं लगिएको प्रहरीले बताएको छ ।
ठक्कर दिने बस तथा बसका चालक चितवन भरतपुर-१० का डम्बर रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको बताइएको छ।