रामजी नेपाली(गायक)
भनिन्छ कला सबैभन्दा माथी हुन्छ ,जसरी भगवानको मन्दिरमा फुल चढाइन्छ,त्यसरी नै हरेक जन-जीवनमा कलाकारिताको त्यती नै महत्वपुर्ण स्थान रहिआएको हुन्छ ।त्यसैका बाबजुद जो सुकै किन नहोस,आस्तिक वा नास्तिक ,सबैका सबै कला भन्दा भिन्न हुनै सक्तैनन ।अन्तर्मन मस्तिष्कबाट नै कला हुनेहरु यो सँसारमा जहाँसुकैबाट आएका किन नहुन ?भाषा फरक होला,तर भाव एउटै हुन्छ ।हुनत कला बिहिन मान्छेहरु पनि हुन्छन्,तीनइहरु अपवादका रुपमा हेर्न सकिन्छ ।मानव तथा जीव जन्तुहरु कलाका हरेक पक्ष्यबाट प्रभावित भैरहेका हुन्छन ।
यहाँ चर्चा गर्न लागिएको बिषय गीत-सँगीतको हो । त्यही कला अनि कलाका बिभिन्न पक्ष्यमा रम्नेहरु उक्त कलाकारितामा अहोरात्र ध्यान तपस्या गर्ने कलाकारको सुख दु:खमा खासै चासो राख्दैनन्, गीत-सँगीतलाई केवल मनोरन्जनको हिसाबले मात्रै हेरिने गरिन्छ त्यसैकारण आज यो क्षेत्रमा लागिपर्ने कलाकार्लाई पनि त्यसरि नै हेरिन्छ ।
“जती माया लाए पनि ,जती कशम खाए पनि ,निस्ठुरीले बाटो लाग्दा ,,,,,,,,,” यसै गीत का सर्जक सुरिलो स्वरका धनी स्व गायक अरुण थापाको दु:खद मृत्यु लाई भुल्न सकिदैन । त्यसैगरी अलि समय पहिला लोक प्रिय गायक कुमार कान्छाको पनि दु:खद परिस्थितिमै मृत्यु भएको थियो,तेती बेलापनि नेपाल लगाएत अन्य मुलुकमा रहेका नेपाली हरुले आर्थिक सहयोग गरेका थिए ।
बिगत एक बर्षदेखी मुटु र मृगौलाको समस्याले औषधी सेवन गर्दै आउनु भएका सँगीतकार बिजु बज्रको पनि यतिबेला नाजुक अवस्थाले दिनहरु बिताइरहनु भएको छ ।उनको अवस्था कम्जोर हुँदै गएकोले आफन्त परिवारजन्मा पनि पिरलो बढेको छ ।पुल्चोक स्थित अल्का अस्पतालमा उपचार गराउदै आइरहेका बज्रलाई आर्थिक अभावका कारण उपचारमा अप्ठ्यारो पर्दै आएको छ ।
खोक्रो सारङिको पेट जस्तो अवस्थाले हाम्रो जिन्दगी चल्छ त ?बरिस्ठ सारङी बादक श्रद्धेय दाई जङ बहादुर गन्धर्ब लाई केहि समय पहिला अनाम्नगरमा भेटेको थिए,उहाको पनि गुनासो तेही थियो ।बाबु म त बिरामी परेको छु,कतै बाट सहयोग मिल्दैन ? यस्तै-यस्तै कलाकारहरुको बिरामी परिरहेको अवस्थामा कसैले पनि चासो नदेखाएको कारण आज कलाकारहरुको अवस्था झन-झन नाजुक बन्दै गैरहेको छ । जिन्दगी भर राष्ट्रका लागी अहोरात्र खट्ने यी कलाकारहरुलाई न त राज्यले नै उचित सर्सहयोग गर्छ, न त कुनै सँघ्-सँस्थाहरुले नै सहयोग गर्छन ।
आखिरी गीत-सँगीत भनेको त रमाइलो गर्ने माहौल मात्रै हो भन्ने बुझेका हरुलाई एस्को गहिराइका बारेमा के नै ज्ञान हुन्छ होला र ? गीत-सँगीतलाई नौटँकिका रुपमा हेर्ने प्रवृतिमा बिसको उन्नाईस पनि भएको छैन ,यो राम्रो कुरा हैन । तर पनि सचेत नागरिकले कलाकारहरुलाई हेर्ने तथा सहयोग गर्ने बानी को बिकास गर्नु गर्न जरुरी छ यि सबै अवस्थालाई मध्यनजर लगाउँदा,हामी कलाकार सधै सधै यसरी नै मागेर जिन्दगी चलाउनु भन्दा अब एउटा अभियान चलाउँन पाए एस्ता दु:खद समाचारहरुले आगामी दिनहरुमा कसैलाई पनि क्षेद-बिक्षेद पार्ने थिएन कि ।
हामी सधै यो राष्ट्रका खाँतिर ,नेपाली कला-सँकृतिका खाँतिर ,नेपाली जनताका खाँतिर भन्दै -भन्दै आफ्नो सिङो जिन्दगी अर्पण गर्ने तर हामिले मात्र रोग ,चिन्ता,पिंडा,दु:ख,समस्याहरु पाउँने,के हामिले एही पाउँला भनेर सिङो जिवन अर्पण गरेका हौ त यि तमाम कलाकारहरुको पिडाले नमिठो दु:खाइको महसुस हुन्छ ।
एसो भनिरहदा कलाकारहरुलाई माया गर्ने नागरिक हरु नभएका पनि हैनन,तर अब हामी सबै मिलेर एउटा दिर्घकालिन सोंचले लाग्नु जरुरी भैसकेको छ।यसरी नै कलाकारहरु को हालत बिग्रदै जाने हो भने ,नेपाली गीत -सँगीतको अवस्था भोलिका दिनहरुमा कस्तो हुनेहोला ,अनुमान सजिलै गर्न सकिन्छ ।हिजोका नमिठा ,तिता क्ष्यणहरुलाई पुनर्ताजगी गर्ने हो भने पनि आङ जिरिङ्ग भएर आउछ ।पुरानो घाउ पटक-पटक बल्जिन्छ फेरी उस्तै हुन्छ अनि त्यही घाउमा नुन चुक छर्ने काम अब देखी कहिल्यै नहोस ,सबैले यही कामना गरौ भोलिका दिनहरुमा यस्ता घाउहरु नबल्झिउन ।