काठमाण्डौं, जेष्ठ ३०
नेपालबाट विदा लिने तयारीमा रहनु भएका अमेरिकी राजदूत स्कट एच डेलिसिले राजनीतिक भेटवार्ता सुरु गर्नु भएको छ । डेलिसिले एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विहान भेटवार्ता गर्नु भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटवार्तामा दलहरुबीच बढ्दो राजनीतिक संकट र समाधानका विषयमा डेलिसिले चासो राख्नु भएको थियो । माओवादी अध्यक्ष प्रचण्डले अहिले तत्कालका लागि राजनीतिक संकट देखिए पनि दलहरुबीचको छलफलपछि सहमति हुने र उत्पन्न समस्या समाधान गरिने बताउनु भएको उहाँको निजी सचिवालयले जनाएको छ