जीवन नेपाल, , तुलसीपुर दाङ, जेष्ठ २७
लामो समयदेखि जंगली जीवन बिताईरहेका मध्य
तथा सुदूरपश्चिमका राउटेहरुको जीवन शैली फेरिदै गएको छ । अरुले छोएकोसमेत
नखाने राउटेहरु अहिले खानपानमा सुधार गर्दैछन । राउटेहरुले व्यक्तिगत
सरसफाईमा ध्यान दिन थालेका छन् । बिरामी भए डाक्टरको परामर्श अनुसार
औषधीसमेत खन थालेका छन् । दुई महिन अघी डाक्टर सुशील कोईरालाले दिएको
निशुल्क औषधी लिन हिचकिचाएका उनीहरुहरु अब औषधी र अस्पताल नभई नहुने बताउन
थालेका छन् । पुस्तौ देखि फोहोरी जीवन बिताउदै आएका राउटेहरु डाक्टरको
अभियानले सचेत भएको राउटे मुखीया ऐन बहादुर शाहीले बताउनुभयो ।