चरीकोट,जेठ ३२ - दोलखाको गौरीशंकर हिम श्रृखलामा रहेको च्छोरोल्पा हिमताल जुनसुकै वेला फुट्न सक्ने खतरा वढेको भन्दै स्थानीयबासिन्दा त्रसित भएका छन् । तालको दायावाट निरन्तर रुपमा माटो खस्दै गएको, दिनानु दिन हिउ पग्लेर तालको लम्वाई र चौडाई वढ्दै गएका कारण ताल फुट्ने खतरा बढेको स्थानीय वासिन्दाले बताएका छन् । ताल फुट्नबाट जोगाउन बनाईएको संरचनाको रेखदेख तथा तालको अवस्थाबारे जानकारी गराउन राखिएका सुरक्षाकर्मीहरु नियमित रुपमा त्यहाँ नवस्नुले जोखिम बढेको स्थानियवासिन्दाको भनाई छ ।
रेखदेखका लागि ३ जना सुरक्षाकर्मी राखिएको भए पनि उनीहरु नियमित रुपमा नवस्दा जोकोहीले पनि त्यहा गएर पानि खोल्न र वन्द गर्न सक्ने हँुदा झनै खतरा वढ्दै गएको स्थानीय पासाङफुटी शेर्पाले जानकारी दिनुभयो । ताल हेर्नको लागि स्वेदेशी र विदेशी पर्यटकहरु ताल हेर्न पुग्ने गरेको र उनीहरुले त्यहाँको संरचनामा क्षति पुग्ने काम गर्न सक्ने शेर्पाको भनाई छ ।
च्छोरोल्पा हिमताल चार हजार पाँच सय ८० मिटरको उचाईमा रहेको छ । जल तथा मौसम विज्ञान विभागले करिव डेढ दशकअघि गरेको अध्ययनअनुसार यो ताल तीन किलोमिटर लामो, एक सय ३५ मिटर गहिरो र पाँच सयदेखि ६ सय मिटर चौडाईमा रहेको र त्यहा नौ करोड घनमिटर पानी रहेको अनुमान गरिएको थियो । विभागले नेदरल्याल्ड सरकारको सहयोगमा तालको पानीको सतह तीन मिटर घटाएको थियो । यति गर्दा पनि ताल फुट्ने सक्ने खतरा भने अझै यथावत नै छ ।
विभिन्न अध्ययनहरुले पनि फुट्न सक्ने खतरामा रहेको तालहरु मध्ये यस ताललाई पनि अग्रस्थानमा राखिएको छ । यसरी यो ताल फुट्न सक्ने खतरा अग्रस्थानमा रहदा रहदै पनि हाल सम्म सरकारी तवरवाट यसलाई संरक्षण गर्न र फुटिहालेमा वच्ने उपायहरु सम्वन्धी केहि सोचेको पाईदैन । यो ताल फुटेमा दोलखा र रामेछाप जिल्लाका तामाकोशी किनार आसपासका हजारौ बासिन्दा जोखिममा पर्ने छन् । यहि ताल फुटेमा वच्नको लागी नेदरल्याण्ड सरकारले करिव दश वर्ष अघि जडान गरेको करौडौ मुल्य पर्ने साईरनहरु पनि चोरी भएका छन् भने केहि काम नलाग्ने अवस्थामा पुगेका छन् ।
नेदरल्याण्ड सरकारले दोलखाको ना, बेदिङ, सिमिगाउँ, गोगर, जगत, भोर्ले, सिगटी, रातमाटे, भिरकोट र रामेछापको मिल्ती, खिम्ती लगाएतका स्थानमा साईरन जडान गरेको थियो । यी स्थानहरु सवै भन्दा जोखीममा छन् ।
च्छोरोल्पा हिमताल फुट्न सक्ने खतरा वढिरहेको अवस्थामा नेपाल सरकारले त्यस्ता साईरण जडान गर्ने त कता हो कता अहिले सम्म कुनै जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरेको पाईदैन । केहि वर्ष अघि सयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ब्युरो अफ क्राइस प्रिभेन्सनले युरोपियन कमिसनको पहलमा पर्वतीय क्षेत्रमा जलवायुजन्य जोखीम न्यूनीकरण क्षेत्रीय परियोजना सञ्चालन गरेपनि खासै प्रभाव भने पर्न नसकेको स्थानीय वासिहरुको भनाई रहेको छ ।
हाल आएर युयनडिपिकै सहयोगमा अग्रिम सूचना प्रणाली जडान गर्ने जनाएको छ । अव राखिने रियल टाइम वार्निङ सिस्टम ले एसएमएसद्धारा सरोकारवालालाई हरेक दिन च्छोरोल्पा क्षेत्रको गतिविधिको सुचना दिने छ । यसको लागि तत्काल त्यस क्षेत्रमा मोवाईल सेवाको पहुँच पुर्याउने जरुरी रहेको छ । हाल च्छोरोल्पा लगायतका स्थानहरु कुनै पनि मोवाईल सेवा सञ्चालनमा छैनन् । नेपाल सरकारले यो कार्यक्रमलाई प्रभावकारी वनाउनको लागि नेपाल टेलिकमसँग सहकार्य गरी तत्काल त्यस क्षेत्रमा मोवाईल सेवा सञ्चालन गर्नुपर्ने वेदिङका लाक्पा सेर्पाको भनाई छ ।
जल तथा मौसम विज्ञान विभागले दोलखाको वुस्तीमा एकिकृत अन्तराष्ट्रिय पर्वतीय विकास केन्द्र(इसिमोड)को सहयोगमा तत्काल सूचना दिने प्रणाली रियल टाइम डाटा सिस्टम राख्ने तयारी गरिरहेको जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले दोलखाको वुस्तीमा एकिकृत अन्तराष्ट्रिय पर्वतीय विकास केन्द्र(इसिमोड)को सहयोगमा तत्काल सूचना दिने प्रणाली रियल टाइम डाटा सिस्टम राख्ने तयारी गरिरहेको जनाएको छ ।
तस्विरहरु
तल : विश्वकै अग्लो स्थानमा रहेको च्छोरोल्पा हिमताल र हिमातालको पानी बाहिर निकाल्न बनाईएको निकास । तस्विर सौजन्य : राजनवहादुर शिवाकोटी |
तल : विश्वकै अग्लो स्थानमा रहेको च्छोरोल्पा हिमताल र हिमातालको पानी बाहिर निकाल्न बनाईएको निकास । तस्विर सौजन्य : राजनवहादुर शिवाकोटी |