सुजीता न्यौपाने, मकवानपुर, जेष्ठ २३
मकै गोड्ने समयमा यस बर्ष पनि मकवानपुरमा
रासायनिक मलको अभाव भएको छ । कृषकलाई राहात दिन र उत्पादनमा वृद्वि गर्न
रासायनिक मल ५० प्रतिशत अनुदानमा नेपाल सरकारले वितरण गर्दै आएको थियो ।
कृषि सामाग्री सस्थानले साताको आईतवार र विहीवार मात्रै मल बिक्री डिपोलाई
दिने गरेको छ । मल अभावको मौका छोपेर ब्यापारीहरुले बजारमा कृषकहरुलाई बढी
मुल्यमा कालो बजारीगर्दै मल बिक्री गरिरहेका छन् । सरकारी अनुदानको मल
प्रतिकिलो २२ रुपैंया पर्ने भए पनि ब्यापारीहरुले बजारमा प्रतिकेजी ४० देखि
४५ रुपैंयामा बेच्ने गरेको मल विक्रेता दुर्गाप्रसाद चौलागाईले बताउनुभयो ।
मकवानपुर जिल्लामा ६ हजार टन रासायनिक मल आवश्यक पर्ने कृषि सामाग्री
केन्द्र हेटौंडाले जानकारी दिएको छ । कृषि सामाग्रंी केन्द्रले हाल ६८ टन
मात्रै मल वितरण गरेको छ ।