अशोक पहाडी, रौतहट, जेष्ठ ३०
बैदेशिक रोजगारीमा जानेहरुलाई चन्द्रनिगाहपुर आसपासका युवाहरुले स्थानीय स्तरमा साना उद्योग सञ्चालन गरी आम्दानी गरेर देखाउनुपर्ने उदाहरण देखाएका छन् । रौतहटको चन्द्रनिगाहपुर तथा आसपासका युवाहरु अहिले आफ्नै गाउँघरमा थोरै लगानीमा ग्रिल उद्योग, टायल उद्योग तथा अन्य साना उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । बैदेशिक रोजगारीमा जाँदा कुन बेला के हुने हो पत्तो नहुने र आफ्नै गाउँघरमा सानो टायल उद्योग संचालन गरेर राम्रो आम्दानी गर्न सफल भएको बसन्तपुरका कुमार पहाडी बताउनुहुन्छ । स्थानीय स्तरमा सिकेको सीपको उपयोग गरेर चन्द्रनिगाहपुर, सन्तपुर, जुडिबेला र पौराई गाबिसका युवाहरुले आफ्नै गाउँमा साना उद्योग सञ्चालन गरेका छन् । पछिल्लो पटक काठको सट्टामा यस क्षेत्रमा पक्की भवनहरु बन्न थालेका कारण यस्ता उद्योगबाट उत्पादन भएका सामाग्रीहरुको माग समेत बढ्दै जान थालेको छ । सन्तपुर अल्टोकीका युवा दीपक गौतम लामो समय अर्काको ट्रक चलाउँदा समेत केही नभएपछि पछिल्लो पटक ग्रिल उद्योग सञ्चालन गरेर पैसा कमाउन सफल हुनु भएको छ ।