Responsive Ad Slot

latest

लगाएको बालि बारीमै सुक्न थालेपछि किसानहरु चिन्तित ।।

Saturday, June 16

/ by Admin BHOLA THAPA
दिपेन्द्र विएम., होलेरी रोल्पा, असार २
कलामो समयदेखिको खडेरीका कारण लगाएको बालि बारीमै सुक्न थालेपछि रोल्पा जिल्लाको दक्षिणी पश्चिमी क्षेत्रका किसानहरु चिन्तित भएका छन् । आकाशेपानीको भरमा खेती गर्ने जिल्लाका दक्षिणी पश्चिमी क्षेत्रका किसानहरुले लगाएको मकै, आलु, तथा पानीको पर्खाईमा राखिएका टमाटर,गोपी,काउली,खुर्सानी लगाएतका बिभिन्न जातका तरकारीका बेर्ना र नगदे तथा तरकारी बाली बारीमै सुक्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । लामो समयसम्म परेको खडेरीले बालीबोट सुक्न थालेपछि कृषि पेशाबाट न ैजिवन धान्दै आएका ग्रामीण भेगका कैयौं किसानहरु मर्कामा परेका छन् । वैशाख जेठमै मकै छर्ने रोल्पाका किसानहरुले खडेरीका कारण असार लागि सक्दा पनि मकै छरेका छैनन् । छरिसकेको मकै पनि बारीमै सुकिसकेकाले किसानहरुलाई थप चिन्तित बनाएको हो मकै तथा बेमौसमी तरकारी खेतिलाई नै आफ्नो मुख्य कृषि बाली मान्दै आएका यस क्षेत्रका किसान यसमै आश्रित हुने गर्दछन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI