Responsive Ad Slot

latest

प्रचण्ड र वैद्यबीच टेलिफोन वार्ता ।।

Wednesday, June 6

/ by Admin BHOLA THAPA
काठमाण्डौं, जेष्ठ २४
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष मोहन वैद्यबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा अध्यक्ष प्रचण्डले दुवै पक्षले अलग अलग बोलाएको राष्ट्रिय भेलालाई स्थगन गर्न प्रस्ताव राख्नुभएको थियो । राष्ट्रिय भेलाका कारण पार्टी विभाजन हुनसक्ने भन्दै प्रचण्डले भेला रोक्न वैद्यलाई आग्रह गर्नुभएको थियो । उपाध्यक्ष वैद्यले भने आफू एक्लैले यो विषयमा निर्णय लिन नसक्ने भदै विचार समूहसँग छलफल गरेर मात्रै निर्णयमा पुग्ने जवाफ दिनुभएको बुझिएको छ । उहाँले अहिले भेला स्थगित गर्न सकिने अवस्था नरहेको पनि बताउनुभयो । वैद्य पक्षले असार १ गते असन्तुष्टहरूको राष्ट्रिय भेला बोलाएको छ भने संस्थापन पक्षले असार १५ गते विस्तारित बैठक बोलाएको छ । भेलापछि पार्टी वैद्य समूह अलग्गै पार्टीको रूपमा अस्तित्वमा आउने सम्भावना देखिएपछि अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि प्रयास थाल्नुभएको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI