टोकियो, असार ४, जापानको मुख्य टापु होन्शूको पूर्वी तटमा सोमवार समुद्रमा
६.४ रेक्टर स्केलको भूकम्प गएको छ । यद्यपी, भूकम्पको कारण सुनामीको भने
कुनै चेतावनी जारी गरिएको छैन् । अमेरिकी भू(गर्भ वैज्ञानिकहरूले यस कुराको
जानकारी दिएका हुन् ।
यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्प
सेन्दाई शहरबाट करिब १४० किमी टाढा पूर्वमा नेपाली समयानुसार राती लगभग २
बजेर १७ मिनेटमा गएको थियो । यो भूकम्प ३१ किमीको गहराईमा गएको बताइएको छ ।
गत बर्ष जापानको पूर्वोत्तरमा समुद्रमा
९।० रेक्टर स्केलको रहेको थियो । जसका कारण सुनामी आएको थियो । जसमा परि
१९,००० मानिसहरू मारिएका तथा हराएका थिए । यस प्राकृतिक बिपत्तिसंगै
फुकुशिमा परमाणु ऊर्जा सम्यन्त्र पनि क्षतिग्रस्त भएको थियो ।