लमजुङ्, २३ जेठ-लमजुङ्गको खुदी स्थित
मस्र्याङ्गदी नदीमा निर्माण हुन लागेको ५० मेगावाट क्षमताको माथिल्लो
मस्र्याङ्गदी ए जलविद्युत आयोजनाले स्थानीयबासीको साझेदारीमा काम अगाडी
बढाउने भएको छ । निर्माण कार्य सुरु गर्नु अघि पूर्वाधारको काम गर्दा
स्थानीयबासीसँग सहकार्य नगरेको गुनासो बढेपछि आयोजनाले स्थानीयबासीको
साझँेदारीमा काम अगाडी बढाउने निर्णय गरेको हो । २०७३ साल असोजदेखि
व्यापारीक रुपमा विद्युत उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजना चिनियाँ
कम्पनी सिनो हाईड्रोको ९० र सगरमाथा हाईड्रोपावरको १० प्रतिशत लगानीमा
निर्माण हुन लागेको हो ।
Run Of River प्रविधिमा बन्न लागेको सो
आयोजना निर्माणका लागि करिब १० अर्ब रुपैंया लाग्ने कम्पनीको अनुमान छ ।
पूर्वाधारको काम गर्न थोरे समयमात्र बाकी रहेकोले स्थानीयसँग राम्रोसँग
छलफल हुन नपाएको स्वीकार गर्दै आयोजनाले संरचना निर्माणको क्रममा आपसी
समझदारी र हातेमालो गर्दै अघि बढ्ने बताएको छ ।