Responsive Ad Slot

latest

फिल्म सायदले कलेक्सनको नयाँ रेकर्ड कायम

Sunday, June 10

/ by Admin BHOLA THAPA
धरान , जेठ २८


धरानको गणेश टाकिजमा यसअघि फिल्म चपली हाइटले बनाएको सर्वाधिक सिंगल डे कलेक्सनको रेकर्डलाई तोडदै फिल्म सायदले कलेक्सनको नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारबाट उपत्यका बाहिरका हलहरु मार्फत प्रदर्शनमा आएको सायदले पुर्वका हलमा उत्साहजनक ओपनिंग गर्न सफल भएको छ ।

चपली हाइटले फिल्म प्रदर्शन भएको दोस्रो दिन अर्थात शनिबार १ लाख १० हजार माथि ग्रस कलेक्सन गरेको थियो तर सायदले पनि रिलिज भएको पहिलो शनिबार गणेश टाकिजमा १ लाख तीस हजार माथि कलेक्सन गर्न सफल भएको छ । यो कलेक्सन हल संचालन भए यताकै सबै भन्दा धेरै रहेको हलका प्रबन्ध निर्देशक रञ्जिब श्रेष्ठले जानकारी गराए । फिल्मले ४ सो गरेर त्यति रकम कलेक्सन गरेको हो ।

प्रत्येक सो सुरु हुन तीस मिनेट अगाबै हल हाउसफुल भएको थियो । हलमा धेरै पछि फिल्मको टिकट ब्ल्याकमा बिक्री भएको देख्न पाईएको थियो भने टिकट काट्ने क्रममा तछाडमछाड हुदा केहि दर्शक घाइते समेत हुन पुगेका थिए । यस्तो उपस्थिती धेरै समय पश्चात देख्न पाएको हलमा कार्यरत कर्मचारीको कथन थियो । लागु पदार्थ दुर्व्यसनी र युवायुवतीको कथालाई आधार मानेर निर्माण गरिएको फिल्म हेरेपछि अधिकांश दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए ।



भूतपूर्व ब्रिटिश लाहुरे समेत रहेका धरान १९ का भक्तमान लिम्बुले आफ्नै घरमा घटेको कथा फिल्म मार्फत हेर्न पाएको प्रतिक्रिया दिए । त्यस्तै इटहरीबाट फिल्म हेर्न आएकी रश्मी राईले आफुलाई फिल्मको क्लाईमेक्सले भावुक बनाएको बताईन । त्यसो त धरानमै घर भएका निर्देशक सुरज सुब्बाको कामलाई समेत धराने दर्शकले तारिफ गरे ।

फिल्मले बिर्तामोडको कृष्ण टाकिजमा समेत आज ८० हजार माथि कलेक्सन गरेको छ । बिराटचोकको सुकुना चित्र मन्दिर, झुम्काको किरण टाकिज लगायतका हलमा समेत सायदको कलेक्सन उत्साहप्रद रहेको वितरक संजु पराजुलीले जानकारी गराएका छन् । दमकको निलकण्ठ चित्र मन्दिर र बिराटनगरको हिमालयन टाकिजमा मंगलबारबाट फिल्म प्रदर्शनमा आउने
Don't Miss
© all rights reserved
made with by netKUTI