काठमाण्डौं, जेष्ठ ३२
आज जुन १४, अर्थात विश्व रक्तदाता दिवस, नेपाल लगायत विश्वभरमा बिभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो । रक्त समूह ए, बी र व पत्ता लगाई चिकित्सा विज्ञानमा नोबेल पुरस्कार विजेता डा. कार्ल ल्यान्डस्टिनरको जन्मदिन जुन १४ का दिन विश्वभरमा रगतको महत्व बुझाउन, जनचेता फैलाउन तथा रक्तदाताहरुलाई धन्यवाद दिन यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेपालमा पनि रगत सङ्कलन तथा विचरणको क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संघसंस्थाको आयोजनामा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । यसबर्ष ‘हरेक रक्तदाता एक महाव्यक्ति हुन्’ भन्ने मुख्य नारासहित दिवस मनाइँदै छ । दिवसका अवसरमा नेपालमा धेरै रक्तदान गर्ने व्यक्तिहरुलाई ब्लड डोनर्स एसोसिएसन नेपालले सम्मान गर्ने भएको छ । नेपाल रेडक्र सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवामा दैनिक आवश्यक पर्ने रगत आपूर्तिको लागि २ सय देखि ३ सय युनिटसम्म होल ब्लड र ५० देखि ६० युनिटसम्म रक्त तत्वको आवश्यक्ता पर्ने भए पनि माग अनुसारको आपूर्ति हुन सकेको छैन ।