Responsive Ad Slot

latest

शडक ब्यापारिलाई हाटबजारमा सार्ने नगरपालिकाको तयारी

Tuesday, June 26

/ by Admin BHOLA THAPA
शडक ब्यापारिलाई हाटबजारमा सार्ने नगरपालिकाको तयारी

    शुक्रबार निर्णायक बार्ता र प्रतिबेदन पेश हुन्छ ःभूर्तेल
    सहमति भए अर्काे हप्तादेखि बजार शुरु
    हप्ताको ५ दिन मात्रै दिईने,छलफल सकारात्मक
    स्वामित्व सहित बिकल्प दिनुपर्छ ःशडक ब्यापारी

कपिल ज्ञवाली

बुटवल असार १२

तिन हप्तादेखि चरणबद्ध आन्दोलनमा उत्रिएका बुटवलका शडक ब्यापारिलाई नगरपालिकाले बुटवल ७ को हाटबजारमा सार्ने आन्तरिक तयारी गरेको छ । नगरपालिका र सडक विभागसंग विकल्पको माग गरिरहेका बुटवलका सडक ब्यापारी र नगरपालिका बिचको छलफल सकारात्मक देखिएको छ । सडक ब्यापारी र नगरपालिकाका बिचमा भएको छलफलमा नगरपालिकाले सडक ब्यापारीलाई हप्ताको ५ दिन हाटबजारमा पसल संचालन गर्न दिने बिकल्प अगाडि सारेको हो । यद्यपी पूर्ण रुपमा सहमति नभए पनि सहमति नजिक पुगेको एक शडक ब्यापारी मेघ बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार निश्चित समयसम्म सडक ब्यापारीले हाटबजारमा पसल संचालन गरेपनि उनिहरुले भने स्थायी रुपमा पसल संचालन गर्न पाउने माग गरेका छन् । नगरपालिकाले भने केहि समय त्यसैगरेर अगाडि बढ्न सडक ब्यापारीलाई आग्रह गरेको छ । “अहिले १ हप्तासम्म अनुगमनमै छौं ।” बिबाद मिलाउन गठित कार्यदलका संयोजक बिजयदेब भूर्तेलले भने (“बार्ता सकारात्मक छ, अहिले यसै भन्न सकिन्न ।”सडक ब्यापारीले बुधबार र शनिबार बाहेक अन्य ५ दिन बजार संचालन गर्न सकिन्छ की भनेर अध्ययन,अनुगमन र अबलोकन जारि छ । शुक्रबार १५ गते अनुगमन समितिले प्रतिबेदन पेश गर्ने र बार्ता हुने संयेजक भूर्तेलले बताए । सहमति भए सडक ब्यापारीको आगामी १७ गते आईतबारदेखि बजार संचालन हुने बुझिएको छ । बार्तामा बुटवल नगरपालिकाका तर्फबाट कर अधिकृत बिजयदेब भूर्तेलको टोलि, सडक ब्यापारीका तर्फबाट नेपाल स्वरोजगार श्रमिक संघका केन्द्रिय सदस्य चन्द्रकान्त पन्थीको टोलि र हाटबजार ब्यबसायिका तर्फबाट भिमलाल ज्ञवाली र केहि पदाधिकारीका बिचमा बिगत ३ दिनदेखि तिब्र रुपमा छलफल चलेको छ । बिबाद मिलाउनका लागि एउटा कार्यदल र अनुगमन समिती पनि निर्माण गरिएको छ । बुटवलमा शडक ब्यापारि १ हजार २ सय ४८ रहेपनि सामान्यतया अहिले संचालनमा ५ सयको हाराहारिमा सडक ब्यापारी रहेका छन् । बसपार्क क्षेत्रमा ट्याङकी ठेला र ७ फुटभित्र पर्ने गरि अस्थायी संरचना बनाएकोमा सडक विभागले डोजर लगाएर भत्काईदिएपछि ब्यापारीहरु थप आन्दोलित भएका थिए । बसपार्क छेउमा व्यापारीहरुले बनाएका अस्थायी संरचना तथा ठेला, टंकीहरु डोजर लगाएर हटाएको छ । हटाएका संरचना सडकमा छरपष्ट अबस्थामा छन् । “विकल्प नदिईकन हामीलाई अमानबिय तरिकाले हटाएर सरकारले के गर्न खोजेको हो ?” शडक ब्यापारी मेघ बहादुर गुरुङले भने (“नगरपालिका र सडक विभागले आफुहरुलाई ब्यबसायबाट नै विस्थापित गराउन खोजेको प्रष्ट छ ।” बुटवलका शडक ब्यापारीहरुले ३ हप्ता अघि देखि नगरपालिका घेराउ सहितका बिभिन्न बिरोधका कार्यक्रम गरेर आन्दोलनमा उत्रिएका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI