Responsive Ad Slot

latest

माओवादी –मोर्चासहित १९ दलको बैठक जारी ।।

Monday, June 4

/ by Admin BHOLA THAPA
काठमाण्डौं , जेष्ठ २२
घोषित संविधानसभाको नयाँ निर्वाचनको विरोधमा काङग्रेस एमाले लगायतका दलहरुले मोर्चाबन्दी सुरु गरेपछि सत्तासाझेदार एकीकृत माओवादी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित १९ दलले आगामी रणनीतिको बारेमा अहिले छलफल गरीरहेका छन् । जेठ १४ को राति सरकारले घोषणा गरेको संविधानसभाको निर्वाचन असंवैधानिक भएकोभन्दै काङ्ग्रेस एमाले लगायतका १८ दलले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएपछि १९ दलको बैठक आज बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, काङ्ग्रेस, एमाले लगायतका दलहरुको विरोधको बारेमा कुराकानी भइरहेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष राजकिशोर यादवले सीआईएनलाई जानकारी दिनुभयो । सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका यादवले सरकारी कदमको पक्षमा कसरी समर्थन जुटाउने र आगामी दिनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा बैठकमा छलफल भइरहेको छ । अघिल्लो साता बसेको १९ दलको बैठकले सरकारले घोषणा गरेको संविधानसभाको निर्वातनको स्वागत गरेको थियो । विपक्षी दलहरुले यही जेठ २६ अघि प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजिनामा नदिए २६ गतेको विरोधसभाबाट आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI