काठमाण्डौं, जेष्ठ २५
सरकारविरुद्वको मोर्चाबन्दीमा जुटेका नेपाली काङ्ग्रेस, नेकपा एमाले लगायतका २२ दलको बैठक कांग्रेस पार्टी कार्यालय सानेपामा सुरु भएको छ । भरखरै सुरु भएको बैठकमा भोलिको बहृद् प्रर्दर्शन र सभालाई सफल पार्न हरेक दलले खेल्ने भूमिकाका विषयमा छलफल केन्द्रित रहनेछ । काङ्ग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार भोलिको कार्यक्रमको तयारी, आगामी रणनीतिको बारेमा छलफल गरेर आजै धारणा सार्वजनिक गरिनेछ । बैठकको निष्कर्षको आधारमा भावी योजना तय गरिने नेता केसीले जानकारी दिनुभयो । सरकारले असंवैधानिक रुपमा मंसिर ७ मा संविधानसभाको नयाँ निर्वाचनको मिति तोकेको भन्दै काङ्ग्रेस, एमाले लगायतका दलहरुले भोलि राजधानीमा विरोध प्रदर्शनको गर्दैछन् ।