सुफल काफ्ले/उज्यालो । काठमाडौं, असार २ - सात महिनाको उमेरमा नै कुकुरले लिंग खाइदिएपछि लिंगविहिन भएका प्यूठान बाँदीकोटका ८ वर्षिय सन्तोष केसीको लिंग काठमाडौंमा एक अस्पतालले बनाईदिएको छ । काठमाडौं साँखुको सुषमा कोइराला मेमोरियल अस्पतालले शल्यक्रिया गरी सन्तोषको लिंग बनाइदिएको हो ।
अस्पतालका उप निर्देशक समेत रहेका सर्जन डाक्टर सन्तोषबिक्रम भण्डारी, अस्पतालका मेडिकल प्रोजेक्ट डाइरेक्टर समेत रहेका सर्जन जशवन शाक्य र अनिल श्रेष्ठ लगायतका युरोलोजिष्टहरुको सहयोगमा शुक्रवार बालकको निःशुल्क शल्यक्रिया गरिएको हो । ‘हामीले बालकको लिंग नै प्रत्यारोपण गरेका होइनौं, पुनर्निमाण गरेका हौं ।’ उपचारमा संलग्न डाक्टर भण्डारीले भन्नुभयो ‘बालकको भित्र रहेको लिंग अप्रेसन गरेर बाहिर निकालेका हौं ।’ भण्डारीको अनुसार यसरी अप्रेसन मार्फत लिंगको पुनर्निमाण गरिएको यो नेपालकै पहिलो घटना हो ।
उपचारपछि उनको लिंग अरु सामान्य मानिसको जस्तो हुने दावी गर्दै डाक्टर भण्डारीले यसका लागि नियमित रुपमा फिजियोथेरापी गर्नुपर्ने जानकारी दिनुभयो ।
बालकले ठूलो भएपछि यौन सुख पाउनका लागि अर्को एउटा शल्यक्रिया गर्नुपर्ने जानकारी दिँदै डाक्टर भण्डारीले भन्नुभयो ‘यो अप्रेसन पनि अस्पतालले पछि निःशुल्क गरिदिने छ ।’
अस्पतालमै आराम गरिरहेका सन्तोष अवको ७ देखि १० दिनमा घर फर्कन सक्ने अस्पतालले जनाएको छ ।
उनको उपचार हुनसक्ने संभावना देखेर काठमाडौं बोलाइ शल्यक्रिया गरिएको सुषमा कोइराला मेमोरियल ट्रष्टले जानकारी दिएको छ । अस्पतालले सन्तोषको उपचारका साथै उनलाइ उपचारका लागि ल्याउने उनका बाबु गिरबहादुर केसीलाई निशुल्क खाने बस्ने व्यवस्था समेत मिलाईदिएको जनाएको छ ।
सन्तोषको लिंग पुनर्निर्माण भइसकेपछि उनका बाबु गिरबहादुर केसीले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘छोराको अवस्थालाई लिएर सात वर्षदेखि भौतारिई रहेको थियो, मेरो ७ वर्षको सपना पुरा भयो ।’

छोराको उपचारकै लागि भनेर घरजग्गा समेत विक्री गरेको बताउने केसीले अस्पतालले निशुल्क उपचार गरिदिए पछि भन्नुभयो ‘पहिला छोराको उपचारका लागि धेरै खर्च गरियो, दुख पाईयो । तर अहिले निशुल्क उपचार भयो, मलाई साह्रे खुसी लागेको छ ।’
कुकुरले लिंग खाइदिएपछि लिंगविहीन भएका सन्तोषले उपचार पाउन नसकेको समाचार जेठ २३ गते उज्यालोले प्रकाशित/प्रशारित गरेको थियो । उज्यालो अनलाईनमा छापिएको सो समाचार पढ्न तलको लिंक क्लिक गर्नुहोला ।

तस्विरहरु :
माथि - उपचार अघि प्यूठानमा आफ्नी आमासित सन्तोष । तस्विर :एलबी थापा/उज्यालो ।
तल - सुषमा कोइराला मेमोरियल अस्पतालमा सन्तोषको लिंग पुनर्निमाण गरिँदै । तस्विर सौजन्य : सुषमा कोइराला मेमोरियल अस्पताल ।