इन्द्र बजगाँई, ताप्लेजुङ,, असार ४
पूर्वी पहाडी जिल्लामा कालो सुनका नामले परिचित अलैचीको मूल्य केही दिन देखि फेरि बढेकोे छ । केही साता अघि मूल्यमा गिरावट भइ प्रतिमन ३४ हजारमा कारोवार भएको अलैची आज ताप्लेजुङमा ४२ हजारदेखि ४३ हजारका दरले कारोवार भइरहेको अलैची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष खड्ग मोत्तानले जानकारी दिनुभयो । उता झपाको विर्तामोडमा भने ४५ हजारका दरले कारोवार भइरहेको बताइएको छ । अलैचीको मूल्य धेरै कम भएपछि किसानहरुले बजारमा नल्याएको तथा राम्रो मूल्यको पर्खाइमा व्यवसायीले गोदाममा थन्क्याएकाले माग अनुसार आपूर्तिहुन नसक्दा मूल्य बढेको अलैची व्यवसायी संघ झापाका सदस्य इन्द्र विन्दलले जानकारी दिनुभयो । यो सँगै दोस्रो बजार भारतमा सानो अलैची तथा सुक्मेलको कारोवार कम भए पछि अलैचीको मूल्य उकालो लागेको विन्दलले जानकारी दिनुभयो । गत वर्षको माघमा प्रतिमन ५९ हजारका दरले कारोवार भएको अलैचीको मूल्य ओरालो लाग्ने क्रममा ३४ हजार सम्म आएको थियो ।