सल्यान,जेष्ठ २८
लामो समयको खडेरीको कारण मकैको बोट सुक्न थालेपछि सल्यानका किसानहरु चिन्तामा परेका छन् । मुख्य बालि मकै नै सुक्न थालेपछि सल्यानका किसानहरुलाई भोकमरीमा परिने चिन्ता परेको हो । मकै गोड्ने तथा ढाल्ने बेलासम्म पनि पानि परेन, कतै मकै रोप्नै पाइएको छैन भने कतै उम्रिएको मकैका पात खडेरीले सुकेर सोली आकारको भएको छ । अदुवा, वेसार, मकै, कोदो आदी वालीको अनुसन्धान गर्दै आएको राष्ट्रिय अदुवावाली अनुसन्धान कार्यक्रमका बरिष्ठ कृषि वैज्ञानिक जनार्दन गौतमले यस्तो अवस्तामा मकैलाई गोड्न नहुने बताउनुभएको छ । बरु मकैवालीभित्र भएको झार झिक्न सकिने र झार झिक्दा पनि मकैको जरा खलबलिन नहुने गौतमको सुझाव छ ।