फर्नान्डो टोरेसको दुई गोलको मद्दतले स्पेनले आयरल्यान्डलाई ४-० ले पराजित
गर्दै युरोपियन च्याम्पियनसिपबाट बाहिर्याएको छ। समूह 'सी' कै अर्को खेलमा
क्रोएसिया र इटालीबीच एक एक गोलको बराबरी भएपछि आयरल्यान्ड प्रतियोगिताबाट
बाहिरिने पहिलो टोली बनेको हो।
टोरेसले चौथो र ७० औँ मिनेटमा गोल गरेका थिए।
आयरल्यान्डलाई ठूलो अन्तरले पराजित गरे पनि डिफेन्डिङ च्याम्पियन स्पेन क्वार्टर फाइनलमा पुग्ने निश्चित भइसकेको भने छैन। सोमबार हुने समूह चरणको अन्तिम खेलले त्यसको टुङ्गो लगाउनेछ।
पहिलो खेलमा स्पेन इटालीसँग १-१ गोलको बराबरी खेल्न बाध्य भएको थियो।
टोरेसले पहिलो गोल गरेपछि स्पेनको चीरपरिचित छोटो पासिङ स्टाइलले आयरल्यान्डका खेलाडीलाई बल छुन समेत आच्छु आच्छु बनाएको थियो।
टोरेसले आफ्नो पहिलो गोलले टिमको प्रदर्शनलाई सहज बनाएको विचार व्यक्त गरे।
डेभिड सिल्भाले ४९ औँ मिनेटमा गोल गरे। टोरेसको ठाउँमा आएका फाब्रिगासले चौथो गोल ८३ औँ मिनेटमा गरे।
यो जितसँगै अब स्पेनले अन्तिम खेल क्रोएसियासँग खेल्नुपर्नेछ। दुवैको लिग तालिकामा चार अङ्क रहेको छ। इटाली र आयरल्यान्डको नतिजा जे भए पनि स्पेन र क्रोएसिया दुवै क्वार्टरफाइनलमा पुग्ने संभावना छ।

प्रतिक्रियाहरू (0)
दोस्रो खेल
क्रोएसियासँग बिहीबार १-१ को बराबरीमा रोकिएपछि इटालीको युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनल पुग्ने लक्ष्य कठिन बनेको छ।
एन्ड्रिया पिर्लोले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै मध्यान्तर हुन ६
मिनेट बाँकी रहँदा इटालीलाई अग्रता दिलाए पनि टोलीले अन्तिम समयसम्म
त्यसलाई कायम राख्न सकेन। करिब २५ यार्डमा प्राप्त फ्रिकिक पिर्लोले गोलमा
परिणत गरेका थिए। उनको प्रहार विपक्षी गोलकिपर स्टिपी प्लिटीकोसाको हातमा
लागेर कुना च्याप्दै गोलमा परिणत भयो।
इटालियन टोलीका प्लेमेकर पिर्लोले राष्ट्रिय टोलीका लागि गरेको यो दसौं गोल हो। मारियो बालोटेलीलाई इभान राकिटिकले फाउल गरेपछि इटालीले फ्रिकिकको अवसर पाएको थियो।
बराबरको खेलमा इटालीले पहिलो हाफमै गोलका अन्य चार अवसर खेर फालेको थियो। बालोटेलीले पेनाल्टी बक्सभित्रबाट प्रहार गरेको बल पोस्टमा लागेर फर्कनु मात्र पहिलो हाफमा इटालीको दुर्भाग्य थिएन। एन्टोनियो कासानोका दुई उत्कृष्ट अवसर गोलमा परिणत गर्न सकेनन्। यसैगरी क्लाउडियो मार्चिसियोले वान भर्सेज वानमा प्रहार गरेको बल दुईपटक विपक्षी गोलकिपरले जोगाए।
बालाटोलीको खराब भाग्यले दोस्रो हाफमा पनि निरन्तरता पायो। ६०औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट उनले गरेको कडा प्रहार पोष्टभन्दा थोरै माथिबाट बाहिरिँदा म्यानचेस्टर सिटीका फरवार्ड युरो २०१२ मा गोलको खाता खोल्नबाट वञ्चित भए।
दोस्रो हाफमा इटाली दबाबमा आउँदा खेलमा नियन्त्रण राखेको क्रोएसियाले ७२औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो। इभान स्ट्रिनिकको क्रसलाई इटालियन रक्षकले क्लियर गर्न नसक्दा पाएको बललाई मारियो मान्ड्जुकिसले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। लामो क्रस मान्ड्जुकिसले उत्कृष्ट पारामा नियन्त्रणमा लिँदै प्रहार गरेको बल पोस्टमा लागेर गोलमा परिणत भएको थियो।
पहिलो खेलमा साविक विजेता स्पेनसँग १-१ को बराबरी खेलेको इटालीको खातामा यो बराबरीपछि समूह 'सी' को अंकतालिकामा दुई अंक पुगेको छ। पहिलो खेलमा आयरल्यान्डमाथि ३-१ को विजय पाएको क्रोएसियाको खातामा ४ अंक पुगेको छ। बिहीबारको बराबरीपछि समूह 'सी' बाट क्वार्टरफाइनल पुग्ने प्रतिस्पर्धा खुला भएको छ। सोमबार समूह चरणको अन्तिम खेल भएपछि मात्र समूहबाट क्वार्टरफाइनल पुग्ने दुवै टोलीको निर्णय हुने भएको छ।