Responsive Ad Slot

latest

संबिधान सभाको चुनाव हुन सक्दैन

Thursday, June 14

/ by Admin BHOLA THAPA
कपिल ज्ञवाली
बुटवल जेठ ३२
मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री डाक्टर बावुराम भटराईले राष्टिय  सहमतीको ढोका छेकेको आरोप लगाउनु भएको छ ।
उहाले सहमतीको कुरा गर्ने तर पार्टिगत स्वर्थ नत्याग्ने गरेको कारण राष्टिय सहमती बन्न नसकेको बताउनु भयो । राष्टिय सहमती बन्न नसक्ने र त्यसका लागी बाबुराम भटराईले बाटो खोल्नु पर्ने बताउनु भयो ।
यादवले राष्टपतिले हस्तक्षेप गर्ने कुनै सम्भावना नरहेको र यहि अवस्थामा सम्बिधान सभाको निर्वाचन हुने सम्भावना पनि नभएको ठोकुवा गर्दै सबै एकै ठाउमा नपुगे सम्म  चुनाव हुन नसक्ने दावी गर्नु भयो ।
रिपोटर्स क्लव लुम्विनीले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले बर्तमान सरकार क्रान्तिकारी र नेपालकै ठुला अवसरवादी र भ्रष्टाचारी मिलेर बनेको उल्लेख गर्दै क्रान्तिकारीहरु  लाई समेत गठवन्धनले भ्रष्टाचारी बनाएको बताउनु भयो । उहाले यो गठबन्धनको भबिश्य समेत नभएको ठोकुवा गर्नु भयो ।
उहाले बावुराम लाई प्रधानमन्त्री बन्न र बिजय गच्छेदारहरु लाई मन्त्रि बन्नका लागी मात्र गठबन्धन बनेकोले यो सरकार अप्राकृतीक गठवन्धनको रुपमा रहेको आरोप समेत उहाको थियो ।
अध्यक्ष यादवले माओवादीले पार्टी विभाजन हुने र सरकारबाट पनि हट्नुपर्ने भन्ने डरले संविधान सभा विघटन गरेको बताउँदै राज्य पुनः संरचनामा सहमति नभएको बँुदालाई थाती राखेर संविधानको खाका ल्याउन सकिने अवस्थामा संविधान सभा नै माओवादीले विघटन गरेको दावी गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भने झै राजतन्त्र कुनै हालतमा नव्युँतने बताउँदै उहा“ले गणतन्त्र र संघीय राज्यको विकल्प नभएको ठोकुवा गर्नुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI