धादिङ, जेठ २० - गएराति १० बजे महादेवस्थान गाविस ५ रावलडाँडामा चट्याड्ड
पर्दा दुईको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट घर भई दिदीको घरमा आएका
१६ वर्षीय सोम लामा र स्थानीय २८ वर्षीय सन्तोष लामिछाने मगर रहेका छन्।टीकामाया लामिछाने मगर र स्थानीय धनबहादुर तामाङ घाइते छन्।
विद्युतको ट्रान्समिटरमा चट्याङ पर्दा तीन घरमा क्षति पुगेको छ। घाइतेलाई
उपचारका लागि लगिएको छ।