भरत खत्री, बैतडी, असार २
बैतडीको श्रीकोट गाविसको थामुचमेडियाका सुकुम्बासी बस्तीमा बारबारा शान्ति प्रतिष्ठानले २६ वटा घरहरुको निर्माण कार्य सम्पन्न गरेको छ । करीब १ महिना अगाडी थामुचमेडियाका सुकुम्बासी बस्तीमा घर निर्माण कार्य शुरु गरेको प्रतिष्ठानले अहिले सम्म २६ वटा घरहरु निर्माण गरीसकेको जनाएको छ । घरबारबिहिन भएका सुकुमबसी बस्तीमा घर निर्माणको कार्य शुरु गरेपछि थामुचमेडियाका सुकुम्बासीहरु खुसी भएका छन् । प्रतिष्ठानले हाल सुकुम्बासी गरिबहरुको जिवनस्तरलाइ सहज बनाउनका लागी महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ । थामुचमेडियाका सबै ४२ घरपरिवारका लागी घरहरु निर्माण गरिरहेको र २६ वटा घरहरुको निर्माणकार्य सम्पन्न भइसकेको प्रतिष्ठानका युथ भोलिन्टीयर मदन ओडले जानकारी दिनुभएको छ । प्रतिष्ठानले ललीतपुर,पर्वत र बैतडीमा गरिबमुखि कार्यक्रमहरु लागु गरि पिछडिएका बर्गहरुको पक्षमा कार्यहरु गर्दै आएको प्रतिष्ठानका ब्यबस्थापक प्रमुख गाविन्द नेपालीले जानकारी दिनुभएको छ । यस्तै निकट भविश्यमा अन्यत्र जिल्लाहरुमा पनि कार्यक्रम बिस्तार गर्ने ब्यबस्थापक प्रमुख नेपालीले बताउनुभयो
।