काठामाण्डौं, जेष्ठ २७
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज
राजाधानीको खुलामञ्चमा आमसभाका गर्दै छ । संविधानसभा भङ्ग भइसकेपछि
राजनीतिक परिस्थिति, पार्टीको धारणालगायतका विषयमा नागरिकलाई जानकारी
गराउने उद्देश्यले आमसभा गर्न लागेको राप्रपाले नेपालले जनाएको छ । यसैगरी
हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्र, सङ्घीयताको विरोधमा पार्टीको धारणा
राख्न र स्वतन्त्र चुनावी सरकार गठनका लागि दबाब दिन उद्देश्यले पनि सभा
हुन लागेको राप्रपा नेपालका काठमाडौं जिल्लाका सभापति श्यामप्रसाद घिमिरेले
सीआईएनलाई जानकारी दिनुभयो । उपत्यकाका तीन जिल्ला र छिमेकी जिल्लाहरूबाट
गरी लाखौं जनसमुदाय सभामा सहभागी हुने घिमिरेले दाबी गर्नुभयो । सभामा
केन्द्रीय अध्यक्ष कमल थापालगायतका नेताहरूले सम्बोधन गर्नुहुने कार्यक्रम छ
। संविधानसभाको विघटन र नयाँ चुनाव गर्ने निर्णयलाई राप्रपा नेपालले
स्वागत गरेको छ ।