Responsive Ad Slot

latest

उजिर सिंह माबि स्वर्ण महोत्सबको तयारीमा

Monday, June 25

/ by Admin BHOLA THAPA
उजिर सिंह माबि स्वर्ण महोत्सबको तयारीमा
कपिल ज्ञवाली
बुटवल असार ११
बिद्यालयले गुरुयोजना बनाएर शैक्षिक,भौतिक र  सामाजिक बिकासमा सक्रिय हुनुपर्ने एक कार्यक्रमका सहभागिले सुझाब दिएका छन् । बुटवलको पुरानो बिद्यालयको रुपमा परिचित उजिर सिंह माबिले समयअनुकुल उपलब्धि हासिल गर्न नसकेको भन्दै सहभागिले बिद्यालयलाई गुरुयोजना अनुरुप काम गर्न आग्रह गरेका हुन् । उजिर सिंह माबिले बुटवल ४ ले स्वर्ण महोत्सबको तयारीका लागि आज बिद्यालयमा गरेको सर्बपक्षिय अन्तरक्रियाका सहभागिले अन्तराष्ट्रिय रुपमा परिचित बनेको जितगढि किल्लाको  काखमा रहेको बिद्यालयलाई ब्यबस्थित गर्न आग्रह गरेका थिए । बिद्यालयले स्वर्ण जयन्तीलाई भब्य र सफल बनाउनका बिद्यालयको भाबि योजना बिषयक १ दिने कार्यशाला गोष्ठि गरेको हो । बिद्यालयका अध्यक्ष रमेश नेपालको अध्यक्षता तथा पूर्व अध्यक्ष कुशुम कुमारी लाकौलको प्रमुख आतिथ्यता तथा शिक्षक गातमलाल शाक्यको संचालनमा भएको कार्यक्रममा अबधारणा पत्र प्रस्तुत गर्दै छबि नेपालले राज्यले शिक्षामा लगानी नगरेर शैक्षिक बिकासको लागि कुनै पहल नगरेको औल्याउनुभयो । त्यस्तै पत्रकार महेन्द्र थापाले उजिर सिंह जितगढि किल्ला र संरक्षणको उपायका लागि दिर्घकालिन गुरुयोजना बनाउन आग्रह गर्नुभयो । प्रस्तुत कार्यपत्र माथि प्राध्यापक आनन्दमान सिंह,रामलाल श्रेष्ठ,जिल्ला शिक्षा कार्यालयका उपसचिब थानेश्वर ज्ञवालीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रमका अबसरमा बिद्यालयका प्रधानाध्यापक मुहम्मद मोहबुब खां,रुपन्देही ब्यापार संघका अध्यक्ष टंक पोखरेल,कालिका उमाबिका प्राचार्य घनश्याम पाठक,साधना महिला बिद्यालयकी साबित्रा अर्याल,बिद्यालयका सहायक प्रअ मित्रलाल भण्डारी,अकरा मुल्लाह खां लगायतले बोल्नुभएको थियो । बिद्यालयले यहि पुस ७ गते स्पर्ण महोत्सब मनाउदै छ ।


Don't Miss
© all rights reserved
made with by netKUTI