बागलुङ जेठ 30। बागलुङको बोबाङ गविस स्थित एक माध्यमिक बिद्यालयका विद्यार्थीहरु रुखमुनि बसेर पढ्न बाध्य भएका छन् । बोबाङ गाविस वडा नं २ मा रहेको ज्ञानोदय माविमा कक्षा १ मा अध्ययनरत ७० जना भन्दा बढि बालबालिका नजिकै रहेको लाखुरीको बोट मुनि बसेर पढ्दै आएका हुन् ।
विद्यालयमा भवनको अभावमा विगत ४ बर्षदेखि नै अन्य कक्षाहरुमा पनि सानो कक्षा र ठुलो कक्षाका विद्यार्थीहरु एकैठाउँमा बसेर पढ्ने गरेकोे कक्षा १० मा अध्ययनरत छात्रा ज्ञानमायाँ विश्वकर्माले बताईन ।
हाल झण्डै ८ सय विद्याार्थी अध्ययनरत उक्त विद्यालयमा बर्षेनी विद्यार्थीको चाप बढ्ने गरेकाले उक्त समस्या आएको विद्यालयका प्रधानध्यापक यम बहादुर कायतले बताए । विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै गत बैशाख महिनादेखि जिल्ला विकास समितिबाट आउने निरन्तर बजेट र गाविसको वजेटबाट छुट्याएको कुल २१ लाख बराबरको लागतमा कोठे भवन निर्माण कार्य अघि बढाईएको र उक्त भवन निर्माण सम्पन्न भएमा केहि समस्या हल हुने उहाँले बताए ।
यसैबीच, आरचिडी ढोलान फ्रान्स र तिव्बतियन क्याम्प नार्जलिङले बागलुङको बोबाङ गाविस वडा नं ९ ढोरपाटन क्षेत्रका विद्यार्थी र शिक्षकलाई करिव ७० हजार बराबरको शैक्षिक सामाग्री तथा ड्रेस वितरण गरेको छ ।
अति दुर्गम क्षेत्रको रुपमा मध्यनजर गर्दै २०६५ सालदेखि निरन्तर रुपमा सहयोग गर्दै आएको यस संस्थाले विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने उद्धेश्यका साथ यस बर्षपनि ज्योति विकास निमाविमा अध्ययनरत ४२५ जना विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री र ३ जना शिक्षकहरुको लागि ड्रेस वितरण गरेको विद्यालयका प्रधानध्यापक चक्रबहादुर अधैले जानकारी दिए ।