काठमाण्डौं , जेष्ठ २१
पछिल्लो समयमा पार्टीमा उत्पन्न विवाद समाधानको लागि एकीकृत माओवादीका मध्यमार्गी धारका नेताहरुले असन्तुष्ट मोह बैद्य पक्षसँग छलफल सुरु गरेका छन् । बरिष्ठ उपाध्यक्ष बैद्य समूहले नयाँ पार्टीको घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएपछि माओवादीको संस्थापन पक्षले पार्टी एकताको प्रयासस्वरुप छलफल सुरु गरेको हो । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता कृष्णबहादुर महराले आज बिहान बैद्य लगायतका असन्तुष्ट नेताहरुसँग औपचारिक तथा अनौपचारिक रुपमा छलफल गरेको माओवादी स्रोतले जनाएको छ । हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवाद समाधानको लागि पहल थाल्न उपाध्यक्ष श्रेष्ठ र नेता महरालाई आग्रह गर्नु भएको थियो । बैद्य समूहले भने पार्टी एकताको लागि अध्यक्ष प्रचण्डले पद् त्याग गर्नुपर्ने बताउँदै आएको छ ।