१४ असार, काठमाण्डौ । नेपाली कांग्रेसका
सभापति सुशील कोइरालाले दलहरुवीच राष्ट्रिय सहमतिको विकल्प नरहेको
वताउनुभएको छ । उहाँले संविधानसभा विघटन भईसकेको कमचलाउ सरकार एकलौटीरुपमा
मुलुकलाई चलाउन खोजे मुलुक संकटमा फस्ने वताउनुभयो ।
आफ्नै निवास महाराजगञ्जमा विहीवार विहान
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरसंग भएको भेटवार्तामा
कोइरालाले राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिनुभएको हो । कोइरालाले
बृहत्त राष्ट्रिय सहमतिका आधारमा अगाडी बढ्नुको बिकल्प नरहेको भन्दै त्यसका
लागि सबै पक्ष सकारात्मक हुनुपर्ने बताउनु भयो । कोइरालाले कांग्रेसले
शुरु गरेको संबाद प्रक्रियाका आधारमा सहमति खोज्नुको बिकल्प नरहेकमा जोड
दिएको कोइरालाका प्रेस सल्लाहकार विपुल पोख्रेलले जानकारी दिनुभयो।
भेटपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै
तमलोपा अध्यक्ष ठाकुरले निर्वाचन घोषणा भइसकेको अबस्थामा उत्पन्न नयाँ
परिस्थीतिमा दलहरुवीच नयाँ सहमतिको आबश्यक रहेकोमा जोड दिएको वताउनुभयो ।