१२ असार, काठमाण्डौं । प्रधानमन्त्रीको
राजीनामा माग्दै विभिन्न आन्दोलन गर्दै आएको नेपाली कांग्रेसको भ्रातृसस्था
नेपाल विद्यार्थी संघले आज देशभरका क्यापस अगाडी प्रदर्शन गर्ने भएको छ ।
सरकार विरोधी अभियान अन्तर्गत आज विहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा
देशभरीका क्याम्पस अगाडीका सडकमा चक्का जाम गर्ने नेवि संघले जनाएको छ ।
सोमबार त्रिभुवन बिमानस्थलमा
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई कालो झण्डा देखाउदा ब्यापक प्रहरी
दमन भएको भन्दै नेपाल बिद्याथी संघले एक घण्टा चक्काचाम गर्ने भएको हो ।
शान्तिपूर्णरुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधान प्रदत्त
अधिकारमाथि बर्तमान असंवैधानिक सरकारले ठाडो हस्तक्षेप गरेको नेविसंघको
आरोप छ । प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डा देखाउन विमानस्थल
पुगेका काग्रेस कार्यकर्तालाई प्रहरीले बल प्रयोग पछि केहि घाईते भएका थिए,
भने दुई दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै सरकारले बढाएको पेट्रोलियम
पदार्थको मुल्य र देशभरका किसानहरुले रासायनिक मल नपाएको बारेमा पनि
सरकारको ध्यानाकर्षण गराउने तयारी रहेको नेविसंघका युपी लामीछानेले जानकारी
दिनुभयो ।