इन्द्र बजगाँइ, ताप्लेजुङ , असार २
पाथीभरा पर्यटन सेवा समाज ताप्लेजुङले जिल्लाको विकासमा महत्वपूर्ण टेवा पुर्याउने ११ जनालाई सम्मान गर्दैछ । सम्मानि हुनेहरुमा सञ्चारकर्मी तथा पत्रकारमा गोपीकृष्ण अधिकारी,समाजसेवी प्रजापति काफ्ले,लेखक तथा साहित्यकारमा राजेश्वर थापा ,राष्ट्रसेवक कर्मचारी तर्फ दुर्गा श्रेष्ठ,गायन तथा कलामा जसध्वज गुरुङ,खेलकुद तर्फ तेज प्रताप सुव्बा,शिक्षामा हर्क याक्सो,पर्ययटन तथा पर्वतारोही छुरीम शेर्पा ,कृर्षक तर्फ भिङ्मारे लिम्बू र सम्मानित हुने संस्थागत तर्फ चण्डेश्वर महादेव मन्दिर व्यवस्थापन समिति हाङ्देवाका अध्यक्ष छत्रबहादुर गुरुङ र छिरिङ नेपाली हाते कागज उद्योगका उद्योगी पासाङ शेर्पा रहेका छन । समाजले छनौट गरेका व्यत्तित्वहरुलाई वरिष्ठ संगीतकार अर्थात संस्कृति तथा नाट्य प्रतिष्ठानका कुलपति अमर गुरुङले सम्मान गर्ने कार्यक्रम रहेको छ । यस अघि हिजो सास्कृतिक कार्यक्रम अन्तर्गत धान नाच, च्याब्रुङ नाच तथा ख्याली ,स्ांगीनी ,हाक्पारे ,पालाम ,शेर्पा नाच लगायतका कार्यक्रम भएका थिए । जेठ ५ र ६ गते गर्ने भनिएको सम्मान कार्यक्रम नेपाल बन्द लगायतका कार्यक्रमले स्थगित भएको थियो ।