१६ असार, काठमाण्डौं । राजधानीको सडक विस्तार कार्य आजदेखि फेरि सुरु भएको छ । उपत्यका विकास प्राधिकरणले विहानै देखि काठमाण्डौंको लाजिम्पाट-नारायणगोपाल सडकमा सडक मिचेर बनाइएको घरटहरा भत्काउन थालेको छ । सडकलाई २२ मिटर फराकिलो पार्ने योजना भएपनि धेरै घर भत्काउनु पर्ने भएकाले तत्काल सडकलाई १८ मिटर फराकिलो पार्न लगिएको प्राधिकरणले जनाएको छ ।
सडक विस्तारका क्रममा कुनै पनि अपि्रय
घटना नहोस भनेर सडक विस्तार गदै गरेका क्षेत्रका बाक्लो संख्यामा सुरक्षा
कर्मी परिचालन गरिएको छ । राष्ट्रपति तथा प्रधानमन्त्री कार्यालय वरिपरिका
निषेधित ठाउँमा भने सशस्त्र प्रहरी परिचालन गरिएको छ । नगर विकास समितिले
२२ मिटरसम्म कुनै पनि संरचना बनाउन नपाइने भने पनि मापदण्ड विपरित
घरटहराहरु बनाइएको छ ।
सडक विस्तारको बारेमा जानकारी दिन हिजो
अयोजना गरिएको पत्रकार सम्मेलनमा उपत्यका विकास प्राधिकरणका जिल्ला आयुक्त
भाईकाजी तिवारीले सडकखण्डमा परेका घरका भुईतलामा रहेका मानिसलाई माथिल्लो
तलामा राखेर सडक बनाईने बताउनुभयो ।
स्थानियबासीलाई विस्थापित नगरी सडक
विस्तार गर्न लागेको भन्दै उहाँले ‘मानिसलाई माथिल्लो तलामा सारेर, तलको
भाग सडक बनाएपछि उनीहरु विस्थापित हुने छैनन् ।’ तर पछिल्लो समयमा
सार्वजनिक जग्गा मिचेर बनाएका घरहरु भने भत्काईने उहाँले जानकारी दिनुभयो ।