काठमाण्डौं, जेष्ठ २०
मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका विषयमा आज राष्ट्रपति डा. रामवरण यादव र नेकपा एमाले अध्यक्ष झलनाथ खनालबीच छलफल भएको छ । राष्ट्रपतिसँग छलफल गर्न अध्यक्ष खनाल राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको थियो । छलफलका क्रममा राष्ट्रपतिले सबै दलहरू एक ठाउँमा बसेर सहमति कायम गर्न आग्रह गर्नुभएको अध्यक्ष खनालले जानकारी दिनुभयो । राष्ट्रपतिसँगको कुराकानीमा प्रधानमन्त्रीले सहमतिको संस्कार उल्लङ्घन गरेकोले आफूहरू बाध्य भएर आन्दोलनमा लाग्नुपरेको बताएको पनि खनालले सन्चारकर्मीलाई बताउनुभयो । उहाँले नयाँ संविधानसभाको चुनावका लागि संविधान नै संशोधन गर्नुपर्ने भएकोले अहिलेको अवस्थामा चुनाव हुनसक्ने कुनै सम्भावना नरहेको जानकारी राष्ट्रपतिलाई गराएको बताउनुभयो । अध्यक्ष खनालले अहिलेको सरकार भङ्ग गरेरै भए पनि सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले पहल थाल्नुपर्ने सुझाव राखेको बताउनुभयो ।