काठमाण्डौं,जेष्ठ २८
नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बिहान ९ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सुरु हुने बैठकमा नेपाल आयल निगमलाई दिइने रकमको बारेमा छलफल र निर्णय हुने बताइएको छ । भारतीय आयल निगमलाई तिर्न बाँकी रकम मध्ये नेपाल सरकारले एक अर्ब रुपैँया नेपाल आयल निगमलाई दिने निर्णय आजको मन्त्रिपरिषद्को बैठकले गर्नेछ । सरकारको नियमित कामकारबाहीको बारेमा समेत बैठकमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।