सिर्जना घिमिरे,पाल्पा,जेष्ठ ३१
खालिवन गाउँ विकास समिति पाल्पाका एक व्यक्तिको ढुङ्गाले च्यापेर ज्यान गएको छ । हिजो साझ खालिवन पाल्पाको खत्रिडाँडामा घास काट्न जङ्गल गएका बेला स्थानिय केही व्यक्तिद्वारा दुम्सीको बासस्थान पत्ता लगाउन जमिन खनेकोदेखी सोही कार्यमा सघाउँदै गर्दा ढुङ्गाले च्यापेर खालिवन गाउँ विकास समिति वडा नम्बर ५ का ३४ वर्षका टेकबहादुर गाहाको ज्यान गएको हो । गाहाको शवलाई स्थानिय केही व्यक्तिको सहयोगमा प्रहरीले हिजो साँझ नै प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो । शवको अहिले पोष्टमार्टमका लागि स्वास्थ्य केन्द्रमै राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक चुराबहादुर कार्कीले जानकारी दिनुभयो । किसानहरुले लगाएको खेतीवाली दुम्सीले खाएर नष्ट गरिएका कारण हैरानी बेहोर्दै आएका खालिवन ५ पाल्पाका बासिन्दाले दुम्सीको बासस्थान खोज्दै खत्रीडाँडा पुगेका थिए ।