काभ्रे, जेष्ठ २१
आराम र अध्ययनको लागि काभ्रको धुलिखेल आउनुभएकोे प्रधानमन्त्री डा. बाबुराम भट्टराई धुलिखेलबाट राजधानी फर्कनुभएको छ । पत्रकारहरुलाई आज १० बजे पत्रकार सम्मेलन गरेर फर्कने भनिए पनि प्रधानमन्त्री बिहान सबेरै काठमाण्डू फर्किनुभएको हो । एका बिहानै पत्रकारहरु समाचार संकलनका लागि पुग्नुभन्दा अगावै प्रधानमन्त्री काडमाण्डौ फर्किनुभएको थियो । स्रोतका अनुसार पत्रकारहरुसँग कुरा नगर्ने मनसायले बसेको ठाँउ पनि गोप्य राखिएको थियो । शनिबार साँझ पत्रकारहरुले बसेको ठाँउ पत्ता लगाएर समाचार संप्रेषण गरेपछि प्रधानमन्त्री बिहानै हिडेको होटलले जनाएको छ । धुलिखेल माउण्टेन रिसोर्टका अनुसार प्रधानमन्त्री भट्टराईले विहानको खाना समेत अर्डर भएको थियो । तर विहान बे्रक फाष्ट पनि नखाई काठमाण्डौ जानुभएको थियो ।