Responsive Ad Slot

latest

वार्ताहरुमा आफ्नो पार्टीलाई पनि सहभागी गराउन माग :कमल थापा

Sunday, June 17

/ by Admin BHOLA THAPA
विघटित संविधानसभामा विपरीत धारको राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रममा सबैको समान हैसियत रहेकाले विद्यमान राजनीतिक अन्योलता र शून्यतालाई अन्त्य गर्ने विषयका वार्ताहरुमा आफ्नो पार्टीलाई पनि सहभागी गराउन माग गर्नुभएको छ ।

राप्रपा नेपालका अध्यक्ष थापाले हिजो पार्टीको काठमाडौं उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो माग गर्नुभएको हो ।

सो क्रममा थापाले विद्यमान राजनीतिक अन्योलको अन्त्य गर्न र संविधानसभा निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतका प्रधानन्यायाधीस अथवा पूर्व न्यायाधीसको अध्यक्षतामा स्वतन्त्र सरकार गठन गर्नुपर्ने माग पनिगर्नुभयो ।

थापाले मुलुकमा प्रजातान्त्रिक व्यवस्थालाई बलियो बनाउन निर्वाचनमा जानैपर्ने उल्लेख गर्दै लोकतन्त्रमा जनताको अधिकारलाई सुनिश्चित गर्न निर्वाचन जरुरी हुन्छ भन्नुभयो ।

पार्टीका प्रचारप्रसार विभागका प्रमुख राजाराम श्रेष्ठले संविधनसभाको विघटनपछि निष्पक्ष सरकार गठनका लागि जनदवाव सिर्जना गर्न जिल्ला र क्षेत्रीयस्तरमा पार्टीले आमसभा, अन्तर्क्रिया, प्रशिक्षणलगायतका कार्यक्रम आयोजना गर्ने जानकारी दिनुभयो ।

यसअघि गत शनिबार (जेठ २७ गते) राप्रपा नेपालले राजधानीको खुलामञ्चमा विशाल आमसभा आयोजना गरेको थियो । नेपालको आमसभामा अघिल्लो दिनको कांग्रेस, एमालेको आमसभा भन्दा बढी मानिसको सहभागितालाई लिएर अहिले पनि चर्चा हुने गरेको छ ।
 
Don't Miss
© all rights reserved
made with by netKUTI