Responsive Ad Slot

latest

निर्माणाधिन विद्यालयको भवन २ बर्षदेखि अलपत्र ।।

Monday, June 4

/ by Admin BHOLA THAPA
, बागलुङ, जेष्ठ २२
बागलुङ जिल्लाको पश्चिम निसी गाविस वडा नं ३ मा पर्ने हिले नमुना प्राविको निर्माणाधिन ६ कोठे भवन २ वर्ष वितिसक्दा पनि अलपत्र अवस्थामा छ । एलजिसिडिपी बागलुङको १५ लाख ७० हजार आर्थिक सहयोग र स्थानिय जनश्रमदानबाट २०६७ साल जेठ महिनादेखि निर्माण सुरु गरिएको विद्यालयको भवन निर्माण कार्य ढिला भएको भन्दै एलजिसिडिपी बागलुङले विद्यालयको नाममा आउने रकम रोकेपछि भवन निर्माण कार्य अलपत्र परेको हो । समयमा काम गर्न नसकेको भन्दै जिल्ला विकास समितिबाट काम रोक्न आदेश दिएपछि निर्माण कार्य रोकिएको थियो । विद्यालय भवनको निर्माण कार्यलाई तिव्रता दिनका लागि पटक, पटक जिल्ला विकास समितिमा जानकारी गराएपनि कुनै चासो नदेखाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम घर्तीमगरले जानकारी दिनुभयो । स्थानिय स्तरबाट स्रोत र साधन जुटाउन कठिन भएपछि भवनको निर्माण कार्य अलपत्र परेको उपभोक्ता समितिका अध्यक्ष हेमप्रसाद भुसालले बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI