Responsive Ad Slot

latest

अमृत र चन्द्रले श्रीलंका पोर्ट अथोरिटी क्रिकेट क्लबबाट खेल्न जादै

Saturday, June 2

/ by Unknown
काठमाडौं, जेठ २० - श्रीलंकाली यु-२३ लिगमा खेल्न जान लागेका तीब्र बलर अमृत भट्टराई र चन्द्र साउदलाई गोल्डेन गेट इन्टरनेश्नल कलेजले प्रायोजन गरेको छ। शुक्रबारबाट सुरु हुने श्रीलंकाली लिगमा अमृत र चन्द्रले श्रीलंका पोर्ट अथोरिटी क्रिकेट क्लबबाट खेल्ने छन्। श्रीलंकाली क्रिकेट बोर्डले आयोजना गर्ने सो प्रतियोगितामा अमृत र चन्द्रलाई क्लबले बस्ने व्यवस्थामात्र मिलाएको छ। आते जाते हवाई टिकट र त्यहाँ बस्दा लाग्ने खाने खर्च खेलाडी स्वंयमले बेहोर्नु पर्नेछ। टोलीका प्रशिक्षक साजिथ फर्नान्डो र नेपालका वर्तमान श्रीलंकाली प्रशिक्षक पुबुद दासानायाकेले एक समय श्रीलंकामा सँगै खेलेका थिए। त्यही नातामा दासानायाकेले अमृत र चन्द्रलाई श्रीलंकाको क्रिकेटमा पुर्‍याएका हुन्।

तर खर्च अभावमा नेपाली खेलाडीको सहभागिता अन्यौल भएको समयमा गोल्डेन गेटले हवाइ खर्च प्रायोजन गरिदिने भएको हो। साथै क्लेजले प्रविणता प्रमाणपत्र देखि स्नाकत्तोर सम्म जुनैसुकै विषय निशुल्क पढन पाउने व्यवस्था मिलाई दिएको छ। त्यसका लागि खेलाडीद्धयले आगामी तीन वर्ष सम्म कलेज प्रतियोगिता हुँदा गोल्डेन गेटबाट खेल्नु पर्नेछ। गोल्डेन गेटमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का, पृथु बाँस्कोटा, रोम श्रेष्ठसहितका खेलाडी खेल्छन्। दासानायाकेकै पहलमा पारस अहिले क्यानाडामा व्यवसायिक लिग खेलिरहेका छन्।

'यत्रो खर्च जुटाउनु नेपाली खेलाडीका लागि निकै जटिल हो,' गोल्डेन गेटका प्रमुख कार्यकारी रमेश सिलबालले भने, 'क्रिकेट नेपालमा सम्भावना भएको खेल हो। खेलाडीले यसरी विदेशमा अवसर पाइरहने हो भने नेपालको प्रदर्शन सुधारिन सक्छ, त्यही भएर प्रशिक्षक दासानायाकेको आग्रहमा हामीले खेलाडीद्धयलाई प्रायोजन गर्ने भएका हौं।' नेपाल क्रिकेट संघ (क्यान) का पूर्व उपाध्यक्ष सिलबालले संघ र राष्ट्रिय खेलकुद परिषदले खेलाडीले पाएको अवसरमा विचार गर्नु पर्ने बताए।

'नेपालमा वर्षायाममा खेलाडी निस्त्रि्कय भएर बस्दा रहेछन्। राष्ट्रिय खेलाडीले वर्षमा एक महिना भन्दा बढी छुट्टि बस्नु हुँदैन। त्यही भएर खेलाडीलाई विदेशी लिगमा पठाउन लागेका हौं,' प्रशिक्षक दासानायाकेले भने, 'नेपाली खेलाडीलाई विदेशी पठाउन त्यति सजिलो थिएन्। तर दुई महिना अघिको विश्व ट्वान्टी-२० छनोटमा कप्तान पारस खड्का, शक्ति गौचन जस्ता खेलाडीले एउटा आधार बनाए। विदेशमा गएर खेल्न लागेका खेलाडीले राम्रो प्रदर्शन गरेर अब खेलाडीका लागि ढोका खोलि दिनुपर्छ।'
Don't Miss
© all rights reserved
made with by netKUTI