समय धकेल्छु भन्दै बित्यो मेरो जिन्दगी
बिदेशी को नमिठो गुलामी बनि,
ठुला ठुला सपना बोकी आएथे म यहा
धेरै पैसा कमाई केही गरूला भनि....!!
सपना मेरो सपना नै रहयो
सकिन मैले यथार्तमा परिणित गर्न,
धेरै दुःखले खटि रहेछु म यहा
केवल साउको आएको ऋण तिर्न....!!
यस्तै रहेछ जिन्दगी मेरो
दुःखले साथ कहीले छोडेन,
अन्धाकार छ भविश्य मेरो
सम्झीदै यो मन यतित रोएन....!!
पुछि दिने कोई छैनन् यहा
अबिरल बर्षिने यि मेरा आँशु,
मन भित्रको पिडा र बेदन लाई लुकाई
कतिनजेल अरुको सामु म हॉसु..... !!
फोन गर्दा घरमा मेरो
सम्झई दिन्छ मलाई झन,
जाने दिनलाई गन्दा गन्दै
आत्ती सक्यो मेरो मन....!!
यस्तै रहेछ जिन्दगी मेरो प्रदेश मै बित्यो,
पैसा कमाउने त्यस्तै भयो टन्न लुमा पियो सुत्यो....!!
महिन बित्छ सेलरी बुझ्छु दुईटा मात्रै नोट,
हिसाब जोड्छु पुग्दैन तिर्नलाई अनि सुक्छ नाक मुख ओठ....!!
बेकार छ प्रदेशी जिवन टाईम पास मात्र हुने,
दुःख भन्ने थाहा भयो सम्झेर के रूने.... !!
चन्द्र ब. गुरुङ र एम. गुरुङ
दाउन्ने देवी - २ ,सुर्यानगर, नवलपरासी
हाल - सात समुन्द्र पारीको देश , दोहा - कतार