Responsive Ad Slot

latest

स्थानीय स्तरबाटै गाउँमा मोटरबाटो निर्माण ।।

Thursday, June 7

/ by Admin BHOLA THAPA
बागलुङ , जेष्ठ २५
बागलुङ जिल्लाको मल्म गाविसका बासिन्दाले स्थानिय स्तरबाटै वडा नं ३ टिमुरबोट देखि गल्याङ्गसम्म २ किलोमिटर मोटरबाटो निर्माण गरेका छन् । विगत २०६७ साल कार्तिक महिनादेखि निर्माण सुरु गरिएको टिमुरबोट, गल्याङ्ग मोटरबाटो ३ लाख ५० हजार स्थानिय जनश्रमदान र ५० हजार गाविसको बजेट गरी कुल ४ लाख बराबरको लागतमा गत बुधबार निर्माण सम्पन्न भएको मोटरबाटो समितिका संयोजक कर्ण बहादुर केसीले जानकारी दिनुभयोे । मोटरबाटो पुगेसंगै गाउँमा उत्पादन भएका कृषि उपजले सहजै बजार पाउने भएपछि किसानहरु पनि हर्षित बनेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI