काठमाण्डौं, असार २
सरकार विरुद्धका आन्दोलनका कार्यक्रम ल्याउन विपक्षी दलहरुको बैठक बसिरहेको छ । एमाले मुख्यालय बल्खुमा बस्ने जारी बैठकमा कार्यदलले तयार पारेको आन्दोलनका कार्यक्रमलाई परिमार्जन सहित अन्तिम रुप दिने दलहरुले बताएका छन् । प्रधानमन्त्रीको राजीनामा आउनेपर्ने एकसुत्रीय एजेण्डामा लागेका विपक्षी दलहरुले सरकार विरुद्ध असार पाँच गतेदेखि देशब्यापी कार्यक्रम ल्याउने तयारी गरेका छन् । आन्दोलनका कार्यक्रम तय गर्न बनेको कार्यदललका सदस्य कांग्रेसका नेता अर्जुननरसिंह केसीले आज छलफल गरेर आन्दोलनका कार्यक्रमलाई अन्तिम रुप दिने जानकारी दिनुभयो । दलहरुले देशब्यापी सभा, विरोध प्रदर्शन, सरकारी मन्त्रीहरुको बहिष्कार लगायतका आन्दोलनका कार्यक्रम तय गरेका छन् । बन्द हड्ताल जस्ता कार्यक्रम भने नराखिएको केसीले सीआइएनलाई बताउनुभयो ।