Responsive Ad Slot

latest

किसानहरु खेतबारीमा ब्यस्त

Monday, June 25

/ by Admin BHOLA THAPA
कपिल ज्ञवाली
बुटवल असार ११
दिनहुजसो बर्षा हुन थालेकाले रुपन्देहीका किसानहरु खेतबारीमा ब्यस्त देखिएका छन् । अघिल्लो हप्तासम्म मनसुन शुरु भएन भनेर निराश भएका किसान यतिबेला खेतमै भेटिन्छन् । एक हप्ता ढिलो शुरु भएपनि यतिबेला देशभर मनसुन सकृय छ । बिगत २ दिनदेखि रुपन्देहीमा पनि बेलुका र रातीमा झमझम पानी परिरहेको छ ।झरीस“गै गाउ“ठाउ“का किसान रोपाईंको चटारोमा छन् । तराई र पहाडका कतिपय ठाउ“मा रोपाईं भैसकेको छ भने कतिपय ठाउ“का किसान रोपाईंको तयारीमा छन् । झरी अझै केही दिन जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।रुपन्देहीमा कुल कृषि क्षेत्रको ४७ हजार हेक्टर क्षेत्रफलमा सिंचाईको व्यवस्था रहेपनि सिंचाई सुबिधा नभएका क्षेत्रका किसानहरु निराश थिए । आकाशे पानी कै भरमा रोपाई गर्नुपर्ने कारण यसबर्षपनि रोपाईमा ढिलाई भएको हो ।

Don't Miss
© all rights reserved
made with by netKUTI