कपिल ज्ञवाली
बुटवल असार ८
जिल्ला शिक्षा कार्यालय रुपन्देहीले प्रशशिका परीक्षाको नतिजा जिल्लामा सन्तोषजनक रहेको जनाएको छ । प्रवेशिका परीक्षाको नतिजाबारे जानकारी दिन बिहीबार गरिएको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला शिक्षा अधीकारी झुमप्रसाद राईले राष्ट्रिय आंकडा अनुसार रुपन्देहीको नतिजा राम्रो मान्नु पर्ने बताउनुभयो ।
रुपन्देहीमा संस्कृत बिद्याआश्रम र दुर्गा माविको नतीजा भने रोकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यि दुई बिद्यालयबाट १३ परीक्षार्थी प्रवेशिकामा सम्मीलित थिए । कार्यालयका अनुसार जिल्लामा यसबर्ष सामुदायीकतर्फ ४० दशमलव २ प्रतिशत र संस्थागततर्फ ९१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । कुल सहभागी १३ हजार १ सय ९ जना परीक्षार्थी मध्ये ७ हजार ८ सय २६ जना उत्तिर्ण भएका छन् । नेपाल भरको तथ्याकंमा ४७ प्रतिशत बिद्यार्थी उत्तिर्ण भए पनि रुपन्देहीमा ५९ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका राइले जानकारी दिनुभयो । ‘यस हिसावले हेर्दा रुपन्देहीको शैक्षीक नतीजा राम्रो हो,’ जिसिअ राईले भन्नुभयो ।
सामुदायीकतर्फ ८० प्रतिशत देखि ९० सम्म ल्याउने बिद्यालयहरु ४ वटा, ६० देखि ८० प्रतिसतसम्म ल्याउने बिद्यालयहरु १५ रहेको जिल्ला शिक्षा कार्यालयका उपसचिव थानेश्वर ज्ञवालीले बताउनुभयो । त्यस्तै ९० प्रतिशत देखि ९९ सम्म ल्याउने ४ बटा, ६० प्रतिशत भन्दा कम ४७ प्रतिशत ल्याउने बिद्यालय १४ बटा रहेका छन् । ४७ प्रतिशत भन्दा पनि कम नतिजा ल्याउने बिद्यालय रुपन्देहीमा यसबर्ष ७२ रहेका छन् । ५० भन्दा कम विद्यार्थी सम्मीलित गराई सतप्रतिशत नतिजा ल्याउने सामुदायीक बिद्यालय जिल्लामा दुईबटा रहेको पनि शिक्षा कार्यालयले जनाएको छ । संस्थागततर्फ ५० भन्दा बढी विद्यार्थी सम्मीलित गराएका ९ बटा बिद्यालयले सतप्रतिशत नतिजा ल्याएका छन् । ५० भन्दा कम परीक्षार्थी सहभागी गराएका २७ बिद्यालयले पनि सतप्रतिशत नतिजा ल्याएका छन् । जिल्ला शिक्षा कार्यालयले सार्वजनिक गरेको तथ्याकंमा ९० प्रतिशत देखि ९९ प्रतिशत ल्याउने संस्थागत बिद्यालय ३४ रहेका छन् । ६० प्रतिशत भन्दा कम नतिजा ल्याउने संस्थागत बिद्यालयहरु ५ रहेका छन् ।