इलाम, जेठ २१- आफन्तको मलामी जाँदै गरेका इलामका एक व्यक्तिको गाडीबाट खसेर
ज्यान गएको छ। ट्याक्सीमा झुन्डिएर यात्रा गर्ने क्रममा एक वृद्धको आज
बिहान साढे ९ बजे ज्यान गएको हो। राँकेबाट झापातर्फ जाँदै गरेको ना१ज १४८६
नम्बरको ट्याक्सीबाट खसेर इलाम नगरपालिका-३ निवासी ५५ वर्षीय रामबहादुर
राईको नगरपालिका-४ सेरामा ज्यान गएको प्रहरीले जनाएको छ।ट्याक्सीबाट खसेका उनको उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको र यहाँ
उपचार सम्भव नभएपछि विराटनगरस्थित न्यूरो अस्पतालमा लैजान एम्बुलेन्समा
राख्दाराख्दै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
ट्याक्सी चालक माइपोखरीका याम गुरुङ र सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। रासस
ट्याक्सी चालक माइपोखरीका याम गुरुङ र सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। रासस